आज:  | Thu, 28, Sep, 2023

आगामी फूलपातिको दिन, ‘छक्का पन्जा ३’

२०७४, २६ आश्विन बिहीबार ०५:४५ मा प्रकाशित ( ५ साल अघि) ४२७३० पाठक संख्या

चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’ले व्यापारिक रुपमा नयाँ रेकर्ड राखे । ‘छक्का पन्जा’सँग सर्वाधिक कमाउने चलचित्रको रेकर्ड मात्र बाँकी छ भने अन्य सबै रेकर्डलाई ‘छक्का पन्जा २’ले तोडिसकेको छ ।

दुबै चलचित्रबा मनग्गे मुनाफा भएपछि चलचित्रका निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला यो नामबाट बाहिरने मुडमा छैनन् । यसैले, अब चलचित्र ‘छक्का पन्जा ३’ निर्माणको समेत घोषणा गरिएको छ ।

चलचित्रका लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले अनलाइनखबरसँग भने-‘हो, अब हामीले छक्का पन्जा ३ निर्माणको तयारी थाल्दैछौ । मह जोडीले निर्माण गर्न लागेको चलचित्र ‘शत्रु गते’ लगतै यसको काम सुरु हुनेछ ।’ ‘शत्रु गते’मा दीपक र दीपाले अभिनय गर्दैछन् भने दीपकले यसको पटकथा लेखिरहेका छन् ।
दीपकका अनुसार, यो चलचित्रको निर्देशन पनि दीपाश्री निरौलाले नै गर्नेछिन् । चलचित्रको प्रदर्शन वि.सं २०७५ सालको दशैको फूलपातिमा गरिनेछ । उनले भने-‘फूलपातिको दिन, छक्का पन्जा तिन ।’

चलचित्र ‘६ एकान ६’देखि नै यो टिममा रहेका कलाकार नै ‘छक्का पन्जा ३’मा हुनेछन् ।

खबर एक्सप्रेस