आज:  | Fri, 01, Dec, 2023

‘फाटेको जुत्ता’को अनौठो प्रचार शैली

२०७४, २६ आश्विन बिहीबार ०६:१२ मा प्रकाशित ( ६ साल अघि) ४०११३ पाठक संख्या

कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’का निर्माता अर्जुन कुमार र उनको टिमले प्रचारको नयाँ शैली अपनाएको छ । चलचित्रको नाम नै ‘फाटेको जुत्ता’ रहेकाले दर्शकलाइ फाटेको जुत्ता लगाएको तस्बिर फेसबुकमा पोष्ट गर्न र आफूहरुलाई ट्याग गर्न निर्माताले आग्रह गरेका छन् । आफूसँग भएको फाटेको जुत्ताको तस्बिर पोष्ट गरेर ट्याग गर्ने दर्शकलाइ नयाँ जुत्ता उपहार दिने निर्माता अर्जुन कुमारले जानकारी दिएका छन् ।

यो योजनामा २५० जनाले नयाँ जुत्ता पाउने निर्माताले बताए । लक्की ड्रबाट छानिएका देशभरका दर्शकलाइ घरमै नयाँ जुत्ता पुर्‍याइने समेत बताइएको छ । निकेश खड्का निर्देशित चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रामेश्वर झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

तराइको कथालाइ कमेडी शैलीमा उठान गरिएको चलचित्रको स्किममा दर्शकले कस्तो सहभागीता जनाउने हुन्, हेर्न बाँकी छ । तर, नाम अनुसारको प्रचार शैली भने निर्माताले अपनाएका छन् ।

खबर एक्सप्रेस