आज:  | Tue, 26, Sep, 2023

अझै अन्योलमा हो ‘कृ’ रिलिज ?

२०७४, ५ मंसिर मंगलवार १२:०२ मा प्रकाशित ( ५ साल अघि) ३५९७० पाठक संख्या
यतिबेला चर्चा नायक अनमोल केसी स्टारर फिल्म ‘कृ’को मात्र छ । झण्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका कारण पनि उनी अभिनीत यो फिल्म छायांकन अगावैदेखि प्रतिक्षीत बनेको थियो । अनमोल पनि अब दर्शकको प्रतिक्षाको घडी लम्ब्याउन चाहन्नन् । बारम्बार प्रदर्शन मिति घोषणा भएपनि पोस्टपोन्ड हुँदै आएको यो फिल्म अब माघ २६ गते प्रदर्शनमा आउने तयारीमा छ ।
हाल धम्पुस लगायतका ठाउँमा अन्तिम सेड्युलको छायांकन भैरहेको ‘कृ’सँग यो मितिमा दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म ‘कान्छी’ पनि प्रदर्शनमा आउँदैछ । ‘कृ’ले माघ २६ गतेलाई प्रदर्शन मिति ताकेपछि सिनेवृतमा ठूलै तरंग उत्पन्न भएको छ । यो मिति फिल्मका निर्माता सुवास गिरीले फेसबुकमार्फत घोषणा गरेका हुन् । सुवास र नायक भुवन केसीले संयूक्त रुपमा ‘कृ’ निर्माण गरेका हुन् । तर, नायक केसीको एक फेसबुक पोष्टले अझै ‘कृ’ रिलिज अन्योलमा रहेको प्रश्न उब्जाएको छ ।
खासमा, उनले आफ्नो आधिकारीक फेसबुक पेजमा एक तश्वीर राख्दै KRI Coming Soon. भनेर लेखेका छन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने अझैसम्म फिल्मको औपचारिक प्रदर्शन मिति तय भइसकेको छैन । नभए, भुवनलाई ‘कृ’ माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ भनेर लेख्न कुनै अप्ठ्यारो नहुनु पर्ने हो ? यसले पनि ‘कृ’ रिलिज माघ २६ मा आउँछ वा आउँदैन भन्ने अन्योल श्रृजना भएको छ । तर, निर्माता सुवास गिरी फिल्म माघ २६ गतेबाटै देशव्यापी प्रदर्शनमा दाबी गर्छन् ।
खबर एक्सप्रेस