आज:  | Thu, 28, Sep, 2023

अभिनेता हमालको नारी अवतार !

२०७४, ५ मंसिर मंगलवार १२:०७ मा प्रकाशित ( ५ साल अघि) ३७५२६ पाठक संख्या

फिल्म ’शकुन्तला’ निर्माण घोषणाको दिन अभिनेता राजेश हमालको उत्सुकतापुर्ण भनाई जोडेर फिल्मीखबरले लेखेको उनी महिलापात्रको रुपमा पहिलो पटक फिल्ममा देखिनसक्ने समाचार अन्ततः सहि बनेको छ । फिल्मीखबरलाई प्राप्त केहि एक्लुसिभ तस्विरमा अभिनेता हमाल महिला पात्रकै भुमिकामा देखिएका छन् । प्राप्त दुई तस्विरमा उनलाई महिला गेटअपमा देख्न सकिन्छ ।

जुन भुमिका हमालको २ दशक लामो फिल्मी करियरमा विल्कुलै फरक र नयाँ हो । प्राप्त तस्विरमा हमालको छेउमा प्रहरीलाई देखाईको छ भने उनीसँगै अर्का अभिनेता किशोर खतिवडा उभिएको देख्न सकिन्छ । महिला प्रधान भनिएको फिल्ममा एक पुरुष कलाकार महिलाको भूमिकामा देखिनु अन्य फिल्मको भन्दा फरक कुरा हो । तर यो भूमिकाको लागि तयार हँदै गर्दा हमाललाई केहि असहज भने पक्का भएको हुनपर्छ ।

लामो केश तथा महिलाकै ’मेकअप’मा सजिएका हमालको तस्विर अनौठो लाग्दो छ । दिनेश श्रेष्ठ निर्दे्शित फिल्मको छायाँकन अहिले धमाधम चलिरहेको छ । फिल्ममा हमाल र किशोरसँगै अनु शाह लिड रोलमा छिन् । अनुले यो फिल्ममा रिपोर्टरको भुमिका निभाएकी छिन् । ’शकुन्तला’मा अर्जुन पोखरेलको संगीत छ । फिल्ममा लगानी भने महेश्वर खत्री र श्रीपसा खत्रीको छ ।

खबर एक्सप्रेस