आज:  | Fri, 29, Mar, 2024

शिल्पा र पुष्पल फेरि पर्दामा, बन्ने भयो ‘मन्द-मन्द’

२०७४, ५ मंसिर मंगलवार १२:१४ मा प्रकाशित ( ६ साल अघि) ३६७७९ पाठक संख्या
म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी नायिका शिल्पा पोखरेल र नायक पुष्पल खड्का अभिनीत फिल्म ‘मंगलम’ फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्म प्रदर्शनमा नआउँदै नवल नेपालको निर्देशनमा निर्माण हुन लागेको नयाँ प्रोजेक्टमा शिल्पा र पुष्पल मुख्य भूमिकामा अनुवन्धित भएका छन् । फिल्मको नाम ‘मन्द-मन्द’ राखिएको छ ।
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक नेपालले भने, ‘तत्कालका लागि हामी सबैलाई काम गर्न सहज होस् भनेर फिल्मको नाम ‘मन्द-मन्द’ राखिएको हो । छायांकनमा जानु अगाडिसम्म फिल्मको नाम परिवर्तन हुन सक्छ । फागुनको पहिलो हप्ताबाट फिल्मको छायांकन सुरु गर्ने हाम्रो तयारी छ ।’ उनका अनुसार, फिल्मका लागि शिल्पा र पुष्पलबाहेक अन्य कलाकार फाइनल भइसकेका छैनन् ।
शिल्पा र पुष्पल अभिनीत फिल्म ‘मंगलम’लाई पनि निर्देशक नेपाल आफैंले निर्देशन गरेका हुन् । प्रेम कथामा आधारित ‘मन्द-मन्द’का निर्माता रुद्र खनाल र मिनु मल्ल  हुन् । फिल्ममा दीपक शर्माको संगीत, दिव्य सुवेदीको छायांकन, दिनेश न्यौपाने र गोविन्द फुयाँलको कथा लेखन रहनेछ ।
खबर एक्सप्रेस