२०७४/०८/२९, काठमाडौँ
योवर्षको सबैभन्दा बहुप्रतिक्षीत भनिएको चलचित्र ‘कृ’ को ट्रेलर आज काठमाडौमा एक कर्यक्रमका बिच सार्वजनिक भएको छ। अनमोल केसी र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको यो चलचित्रले चलचित्रको कुनै पनि प्रचार सामाग्री नबाहिरिदै सर्बाधिक चर्चा बटुलेको थियो। चलचित्र बाट दर्शकले धेरै नै अपेक्षा राखे पनि चलचित्र “कृ” को ट्रेलर दर्शकले अपेक्षा गरे बमोजिम पाउने छैनन् । कृ को प्रकाशित पोस्टर जहा अनमोल केसीलाई बेग्लै रुपमा देखिन सकिन्छ र त्यो तारिफ योग्य पनि छ। तर, कृ को ट्रेलरले आशालाई निराशामा परिणत गरेको छ।
अनमोल केसीको यो नयाँ लुक्सलाई खासै चासो दिनु पर्ने जरुरत देखिदैन। जुन लूक्स अन्य नेपाली कलाकारहरुले देखाउदै आएका थिए सोही लूक्स अन्मोल को देखिएको छ। कम समयमै सर्वाधिक चर्चा कमाएका अनमोल केसीको यो पाचौं चलचित्र हो।’कृ’ चलचित्रको ट्रेलर आज युट्युब मा हाईलाईट्स नेपाल च्यानल बाट सार्बजनिक भएको हो। सार्बजनिक भएको केहि समय मै हजारौं पटक हेरियको कृ को ट्रेलर यो समाचार तयार पार्न सम्म 1 लाख पचास हजार भन्दा बढी पटक दर्शकले हेरिसकेका छन।
सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रमा उन्कै लेखन छ। चलचित्र निर्माता सुबाश गिरिको अनुसार “कृ” सतप्रतिशत सफल हुने र यो कुरामा आफू बिस्वस्त भएकाे उन्को भनाइ छ। तर, गिरिले आज ट्रेलर सार्बजनिक भए पछि धेरै बिस्वस्त नहुदा ठिक हुने देखिन्छ।
सार्बजानिक ट्रेलर हेर्दा दर्शकको मन खिन्न हुने छ, सोचेको भन्दा धेरै नै कम्जोर ट्रेलर नै कृ को पहिलो कम्जोरि बन्न पुगेको छ। ट्रेलर मा के पुगेन के पुगेन जस्तो देखिन्छ। ट्रेलरमा धेरै कुरा देखाउन खोजियको भएता पनि धेरै कमाल केही देखोएको छैन।
३ मिनेट २१ सेकेन्ड को ट्रेलरको सरुवात सुर्यास्त बाट सुरु गरिएको छ। दुई-दुई वर्ष लगाएर अनमोलको शरीर बनायको हो कि बिगारेको हो त्यो बुझ्न गार्है पर्छ। दर्शक झुक्काउनलाई ट्रेलरमा चलचित्रका केहि कुरा देखाएर आकर्शक बनाउन खोजे पनि भने बमोजिम र आशा गरे बमोजिम भने देखिएको छैन। सोचेको जस्तो ज्यान अनमोलको नदेखिँदा उन्को दुई बर्षको मेहेनत कहाँ गयो? यो प्रश्न निर्माण पक्ष र स्वयम् अनमोलले आफुले आफुलाइ गर्न आवश्यक छ। अनमोल को ज्यान देखाउन खोजियको ट्रेलरमा ज्यान देखाउन खोजेता पनि ज्यान रिशिमुनिको ध्यान जस्तो देखिएको छ। ज्यान देखाउने चक्करमा अनमोल को मात्र देखियो कपाल । दुइ बर्ष मेहेनत गरेर बनायको ज्यानमा जब बोसो देखिन्छ अनि देखिन्छ दुई बर्षको मेहेनत। बाकी तस्बीर हेरेर पनि हाम्रो यो कुरा स्पष्ट रूपमा हजुर् हरु ले बुझ्न सक्नु हुनेछ।
कृ को ट्रेलरमा नायक अनमोल के.सि लाइ उडेको गुडेको र दौडेको अवतारमा बडि प्रस्तुत गरिएको छ। दर्शकले अनमोल को फरक शैली को अपेक्षा गरेको अवस्थामा अनमोललाई उन्को झुटो अवतारमा निर्माण पक्षले जुन हिम्मतले प्रस्तुत गरेको छ। चलचित्रको ट्रेलरमा नब-नायिका अदिती बुधथोकी को सम्बात प्रस्तुति पनि फिका सुनिन्छ।
कुनै पनि चलचित्रमा नायक नायिकाको जोडि कति सुहाउँदो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। नायक नाईकाको जोडी सुहाउँनु आवश्यक हुन्छ तर ‘कृ’ को ट्रेलर मा अनमोल भन्दा नाईका अदितीको उमेर अन्तर धेरै देखिन्छ। दुई जोडी भन्दा पनी अनमोल र अदिती ट्रेलरमा दिदीभाई जस्ता देखिन्छन्। चलचित्रमा जती नायकको भूमिका र महत्वपूर्ण हुन्छ नाइकाको पनि त्यति नै हुन्छ, तर ‘कृ’ को ट्रेलरमा भने अदितीलाई भन्दा अनमोललाई धेरै प्राथमिकता दिएको छ।
ट्रेलरको मध्य तिर जब चलचित्रका खलनायक भनेर कहलिएका अनुप बिक्रम साहीको प्रवेश हुन्छ त्यसपछी केही हुन्छकी भन्ने आसा पलाउछ तर ट्रेलरको अन्तिम सम्म आशा लाग्दो केहिपनि भेटिदैन।
निर्माण पक्ष लाई हाम्रो सुझाब चलचित्र चलाउनलाइ अनेक गर्न आवशेक छैन। जे छ त्यो देखाउनुस दर्शक को आखामा छारो हाल्न लाई ट्रेलर मा भए नभयेका कुरा देखयेर झुक्काउनु गलत हो। यस्तो गलती फेरि पनि कुनै निर्माता अथवा निर्देशक ले नगरोस् । गल्ती भएमा दुध्कोदुध्पानीकोपानी गर्न हामी फेरि आउने छौ।