नेपाल थाइल्यान्डमा जारी एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गरेको गरेको छ । एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेटको उपाधी जित्ने क्रममा अपराजित रह्यो। बैंककको ट्रेड थाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन थियो। जवाफमा सिङापुर ११२ रनमा अलआउट भयो।
नेपालका लागि विशाल विक्रम केसीले अर्धशतक पुरा गरे । ७९ बलको सामना गरेका विशालले ४ चौका र १ छक्काका साथ ६३ रन बताए । नियमित कप्तान रित गौतम आजको खेलमा टोलीमा समावेश नभएपछि विशालले नै कप्तानी सम्हालेका छन् । चौंथो नम्बरमा ब्याटिङ गरेका विशालले छैठौं विकेटका लागि नारायण जोशीसँग मिलेर ३३ बलमा ४८ रनको साझेदारी गरे । त्यसअघि विशालले पाँचौ विकेटका लागि सुनिल भण्डारीसँग ६९ बलमा ४२ रनको साझेदारी निभाए ।
नारायण ४६ रनमा अविजित रहे । २३ बलको सामना गरेका नारायणले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सुवास ऐर २२, तृतराज दास १९, सुनिल भण्डारी १५ रन बनाएर आउट भए भने प्रतिश जिसी १० रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका अजय कुमार लोनिया र सुर्य तमाङले ३-३ विकेट लिए। नारायण जोशी र कुशल मल्लले १-१ विकेट लिए। सिङापोरको दुई ब्याट्स्म्यान रन आउट भएका थिए।