आज:  | Mon, 25, Sep, 2023

सन् २०१७ का १० असफल नेपाली चलचित्रहरु ।।

२०७४, ३ पुष सोमबार ०६:४९ मा प्रकाशित ( ५ साल अघि) ४०६९३ पाठक संख्या

 

काठमाडौ पुष २

सन् २०१७ मा धेरै नेपाली चलचित्र प्रदर्शनमा आए, कुनै चलचित्रले चन्द्रमा छोए भने कुनै चलचित्रहरु पातालमा भास्सिन बाध्य भए ।  आज हामी त्यस्ता केहि चलचित्रहरु उल्लेख गर्दैछौं, जुन चलचित्रहरु बाट चलाचित्रकर्मीले मात्र नभई दर्शकले पनि धेरै आशा राखेका थिए, तर अन्त्यमा हात लाग्यो शून्य ।

१०. लभ लभ लभ

दीपेन्द्र के. खनाल निर्देशीत यो चलचित्रमा सुरज पाण्डेले आफ्नो नायक बन्ने सपना त पुरा गरे तर चलचित्र बजारमा केहि प्रभाव छोड्न सकेनन् । होस्टेल रिट्रन्स पछी निकै नै चर्चामा आएकी स्वस्तिमा खड्काको यो दोस्रो चलाचित्र हो ।  आकाशमा उडीरहेकी स्वास्तिमा यस चलचित्र पछी भुइँमा बजारिन परेको थियो ।

९. दर्पणछायाँ २

सन् २००१ मा प्रर्दशनमा आएको चलचित्र दर्पणछायाँ नेपालि चलचित्र इतिहासकै सबैभन्दा सफल चलचित्र मध्ये एक पर्छ, तर २०१७ मा आएको यसको सिकवेलले आफु त् डुब्यो डुब्यो संगसंगै दर्पणछायाँ ब्राण्डलाइ पनि डुबायो । तुलसी घिमिरे  नेपालि चलचित्र उद्योगका एक स्वर्ण निर्देशक मध्ये एक पनि हुन् तर सायद उनको सृजनशील क्षमता कम भयो अथवा उनि समय संगै अघि बढ्न सकेनन, दर्पणछायाँ २ ले दर्शक हल सम्म तान्न सकेन ।

८. शब्द

सन्तोष शिवाकोटी द्वारा निर्देशीत चलाचित्र शब्द मा सौगात मल्ल र अनुभब रेग्मीको मुख्य भूमिका रहेको छ । समाजमा रहेको जातीय भेदभाब लाई मुख्य बिषय बनाएको यस चलाचित्रले नेपालि चलाचित्र जगतमा चर्चा कमाउन सकेन ।

७. गाठो

सुरज भुसाल द्वारा निर्देशीत चलचित्र गाठोमा नाजिर हुसेन र नवनायिका नम्रता श्रेष्ठ को मुख्य भूमिका रहेको छ। चित्रकारिता  लाई मुख्य बिषय बनाएको यस चलचित्रले पनि दर्शकको मनको गाठो फुकाउन सफल भएन।

६. रुद्रप्रिया

आर्यन सिग्देल र रेखा थापा अभिनित चलचित्र रुद्रप्रिया ट्रेलर हेर्दा राम्रै देखियो, तर फिल्मले बक्स अफिसमा केहि कमाल गर्न सकेन ।आर्यन र रेखा बीच धेरै वर्ष सम्म चिसिएको सम्बन्ध यो चलचित्रले सुधारेको थियो । तर उनीहरुको सम्बन्धको चर्चाले दर्शकलाइ हल सम्म तान्न सकेन ।

५. झ्यानाकुटि

अभिनेत्री निशा अधिकारि र सिमोस सुनुवार ले निर्माण गरेको चलचित्र झ्यानाकुटिलाइ सिमोस सुनुवारले नै निर्देशन गरेका हुन् । सौगात मल्ल र  बेनिशा हमाल श्रीमान् श्रीमतीको भूमिका निर्बाह गरेको यस चलचित्र बजारमा सफल भनेर हल्ला फिजाइयो तर असलियत्मा यो एक असफल चलचित्र हो, प्रश्न खडा हुन्छ जब दर्शक हरु हलमा छदै थिएनन कसरी पैसा कमाउन सक्छ यो चलिचत्र ले । समग्रमा भन्नु पर्दा यो चलचित्रले लगानी समेत उठाउन सकेन, अब त झुट बोल्न छाडीदिनुस निर्माता ज्यु ।

४.रुद्र

रामजी लामिछाने द्वारा निर्देशित चलचीत्र रुद्रमा नीखिल उप्रेती , बिश्व शर्मा , सारा श्रीपाइली को मुख्य भूमिका रहेको छ। श्रावण १३ मा रिलिज भएको  यस चलाचित्रले पनि राम्रो व्यापार गर्नु सकेन ।

३. संरक्षण

पुरेनद्र झा द्वारा निर्देशित चलचित्रमा निखिल उप्रेती, सौगात मल्लको मुख्य भूमिका राहेको थियो, चलचित्रमा मधेस र पाहाडी को आन्दोलनलाइ मुख्य बिषय बनाएको यस चलचित्रले पनि राम्रो सफलता हात पार्नु सकेन ।

२. जोनि जेन्टलमेन

नितिन चन्द द्वारा निर्देशित चलचित्र जोनी जेन्टलम्यानमा पल शाह र आचल शर्माको मुख्य भुमिका रहेको यस चलचित्रले न राम्रो संग चार्चा नै कमायो न त राम्रो पैसा नै कमाउन सक्यो ।

१. सायद २

 

केहि सफल चलचित्र बनाएर एकदमै मातिएका सुनिल रावालको घमण्ड सायद २ ले चकनाचुर पारेको थियो । न त चलचित्र नै राम्रो बन्यो त्यसमाथि निर्माता रावल र नायिका स्यारण श्रेष्ठ बिचको बिबादले गर्दा फिल्म सोचे भन्दा धेरै नै असफल साबित भयो । आशा गरौ अबका दिनहरुमा सुनिल रावलले चलचित्र बनाउनु अगाडी १० चोटि सोचून ।

 

 

खबर एक्सप्रेस