आज:  | Fri, 01, Dec, 2023

अरुको नामले चलिरहेका ५ नेपाली निर्देशक ।।

२०७४, ५ पुष बुधबार ११:५९ मा प्रकाशित ( ५ साल अघि) ४१९७८ पाठक संख्या

१. सुदर्शन थापा – बिदेशी चलचित्र

सुदर्शन थापाले जब कुनै बिदेशी चलचित्र हेरे भने त्यसलाइ कसरी चोर्ने भन्ने बारेमा सोची हाल्छन होला । उनको पहिलो चलचित्र, ‘मेरो एउटा साथी छ’ उनले कोरियन चलचित्र ‘ अ मिलिनिएर्स फस्ट लभ’ बाट हुबहु चोरिएको थियो । फिल्मको सुरुवात देखि अन्त्य सम्म संवाद पनि नछोडेर चोरेका थिए उनले । सन २०१५ मा प्रदर्सनमा आएको चलचित्र प्रेमगित ले उनको करियरलाई बचाएता पनि सन २०१७ मा प्रदर्शन मा आएको चलचित्र प्रेमगित २ मा उनी दोहोरिएनन । तेसपछि  गत असारमा प्रदर्शनमा ल्याएको चलचित्र ‘म यस्तो गीत गाउछु’ सन २०१२ मा आएको हलिउड चलचित्र ‘द वो’ र तोट्सि बाट चोरिएको थियो । आफ्नो दिमागमा फिल्म फुर्दैन हो निर्देशक साव ?

२. हेमराज बीसी – अनमोल केसी

हेमराज बिसीले जब होस्टेल बनाए, उनले चल्चित्र जगतमा आशा देखाएका थिए । उनको चल्चित्र होस्टेलमा अहिलेका चर्चित नायक अनमोल केसीको अभिनय रहेको थियो । उनले होस्टेल पछि जेरी बनाए त्यसमा पनि अनमोल नै देखा परे । बिचमा सम्बोधन बनाए दयाहाङ राईलाई लिएर तर सम्बोधनले पैसा र चर्चा दुबै कुरा कमाउन सकेन । त्यसपछी गाजलु बनाएका हेमराजले अनमोललाइ नै लिए , गाजलु हिट भयो, हेमराह फ्लप भए । ग्याङ्स्टर ब्लुज पनि बक्सअफिसमा फ्लप भएपछी हामी सजिलै भन्न सक्छौ, हेमराज अनमोलले गर्दानै चलेका छन, उनमा निर्देशकमा जस्तो खुबी देखिएन ।

३. दिपेन्द्र के. खनाल – भाग्य

चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका दिपेन्द्रले पहिलो गासमै ढुङ्गा चबाए । महानायक राजेश हमालले पनि उन्को चलचित्रलाइ बचाउन सकेनन । उनको दोस्रो चलचित्र चपली हाइट, जुन चलचित्रमा उनले नायिकाको नाङ्गो शरीर बाहेक अरु केही देखाउन सकेका छैनन । झोले र पशुपतिप्रशाद सफल भए, तर दुबै चलचित्रमा उनको प्रस्तुती कमजोरनै थियो । त्यसपछि चपली हाइट र लभ लभ लभ जस्ता बक्वास चलचित्र बनाएका उनले निर्मातासङ्ग भने ठुलै पैसा लिने गरेको सुनिन्छ । उनले यो कुरा अनुसरण गरून् कि उनी आफ्नो ट्यालेन्ट भन्दा पनि भाग्यले चलेका छन, तर भाग्यले सधै साथ दिदैन ।

२. रामबाबू गुरुङ – कबड्डी

रङ्गमञ्च हुँदै चलचित्र क्षेत्रमा आएका रामबाबु गुरुङले कबड्डि बनाउदा उनको कामको ठूलो प्रसंसा भएको थियो । त्यसपछि उनले कबड्डी कब्ड्डी बनाए, चल्चित्रबाट जति आशा गरिएको थियो त्यो पाइएन । एकपटकका लागि दर्शकले माफी पनि दिए उनलाइ । त्यसपछी आयो उनको निर्माणमा बनेको चलचित्र घामपानी, यो पनि ठ्याक्कै कबड्डि जस्तै हुन गयो । संगीत देखि संवादहरु सबै कबड्डीकै नक्कल गरे जस्तो देखियो । अहिले हाल्सालै उनको नयाँ चल्चित्रको ट्रेलर रिलिज भएको छ, ‘मिस्टर झोले’ यसमा पनि कबड्डीकै शैली छ । सायद उनलाइ कबड्डीको सफलताको ह्याङ्वोबरले अझै छाडेको छैन ।

५. निश्चल बस्नेत – लुट

जतिबेला नेपाली चलचित्र क्षेत्र जिर्न अबस्थामा थियो, जतिबेला नेपाली चलचित्रहरु हेर्न लायक हुन्थेनन, एउटा चलचित्र रिलिज भयो । त्यो चलचित्रलाई दर्शकले यति मन पराइदिए कि त्यो चलचित्रले पुराणा सबै रेकर्ड तोड्दै व्यापार गर्यो । त्यो चलचित्रको नान हो लुट, अनि त्यस्का निर्देशक हुन निश्चल बस्नेत । लुट पछि चलचित्रकर्मी तथा दर्शकले निश्चलबाट धेरै कुरा चाहेका थिय । तर उनले आइटम सङमा नाच्ने बाहेक अरु केही गर्न सकेनन ।उनले यो बर्ष लुट २ बनाए तर यो चलचित्रले उनको नाम झनै माटोमै मिलायो, लुट को ब्रान्डले अहिले सम्म चलिरहेका निश्चल फेरि कुन दिन राम्रो चलचित्र बनाउछन, त्यो भने हेर्न बाकी नै छ ।

 

 

खबर एक्सप्रेस