आज:  | Sat, 20, Apr, 2024

अनमोल के.सी लाई १७ बर्षे रिवाजले क्याप्टेनको लागि ट्रेनिङ दिदै ( भिडियो हेर्नुस )

२०७४, ५ पुष बुधबार १२:२१ मा प्रकाशित ( ६ साल अघि) ३५७७९ पाठक संख्या

अहिलेका सुपरस्टार नायक अनमोल केसी, चलचित्र कृ को प्रचार प्रसारमा ब्यस्त छन । कृ लगत्तै अनमोल केसी चलचित्र क्याप्टेन मार्फत आउने पक्का भएको छ । चलचित्र क्याप्टेन सुपर काजल फिल्म्स ब्यानर बाट निर्माण हुन लागेको हाे भने यो चलचित्रमा अनमोल केसी ले फुट्बल क्याप्टेनको भुमिका निर्बाह गर्ने भएका छन् । फुटबल क्याप्टेन भनेपछि फुटबल सम्बन्धि धेरै कुरा को जानकारी हुनु जरुरी छ । त्यस्को लागि ब्यबहारिक तथा शारीरिक रुपले पुर्ण हुनुपर्नेछ। सोही, कुरालाई अनमोल ले गम्भीर रूपले लिएर हामिले पाएको जानकारी अनुसार अहिले उनी फुटबलको फ्रीस्टाइल ट्रेनिङ लिदैछन । यो सबै कुरामा सक्षम बनाउने जिम्मेवारी अरु कोहि नभएर चलचित्र प्रेमगीत २ बाट डेब्यु गरेकी नायिका अशलेसा ठकुरीका भाइ रिवाज ठकुरी हुन । ठकुरीले केही दिन अगाडि फ्रीस्टाइल स्किल्स देखाएको भिडियो युट्युबमा आएको थियो ।

कृका लागी शरीर बनाउनको लागि २ बर्ष जिम धाएको समाचारले मिडियामा पनी स्थान पाएको थियोे ।
अनमोलले चलचित्र क्याप्टेन्का लागी
यसरी ट्रेनिङ लिने तयारी गरेको देख्दा, सजिलै थाह पाउन सकिन्छ कि उनी आफ्नो चरित्र र आफ्नो कामलाई लिएर कति चिन्तित छन्। तर कृमा उनले २ बर्ष सम्म जिम गरेर पनि बोसो हटाउन सकेका भने थिएनन । क्याप्टेनमा त्यस्तो नहोस । क्याप्टेनलाइ दुधको दुध पानीको पानीबाट सफलताको शुभकामना ।

खबर एक्सप्रेस