आज:  | Fri, 01, Dec, 2023

उपासनालाई रोजे अनमोलले

२०७४, ७ पुष शुक्रबार १३:३८ मा प्रकाशित ( ५ साल अघि) ४११४२ पाठक संख्या

अनमोल केसी नेपाली फिल्मनगरीमा सर्वाधिक स्टारडम कमाएका कलाकार हुन्। यसैले गर्दा पनि उनको गतिविधिमा सर्वसाधारणको मात्र नभई मिडियाकर्मीलाई पनि उत्तिकै हुने गर्छ। यिनै अनमोल नयाँ फिल्म ‘क्याप्टेन’ मा काम गर्दैछन। फिल्म उनकै होम प्रोडक्सन सुपर काजोल फिल्म्सको तर्फबाट भुवन केसी र उनि स्वयमले निर्माण गर्नेछन। दिवाकर भट्टराईको निर्देशनमा तयार हुने फिल्ममा अनमोल एक फुटवल प्लेयरको भूमिकामा देखिनेछन्। तर यसको नायिका भने अझै फाइनल भएको छैन तर प्रारम्भिक नाम भने उपासना सिंह ठकुरीको आएको छ।

चलचित्र विकास वोर्डमा लिड अभिनेत्रिको रुपमा निर्माण ब्यानर दि सुपर काजोल फिल्मस् ले उपासनाको नाम दर्ता गरेको प्रमाण खुलेको हो। तर निर्देशक दिवाकर नायिका तय नभईसकेको बताउछन्। ‘हामीले कुरा गरेका हौ तर उहा फाइनल भएको भने होइन’ निर्देशक भट्टराई थप्छन ‘हामी दुई नायिकाको खोजिमा छौ।’ उनको ‘स्कृन टेस्ट’ तथा अभिनय क्षमताको जाँच नगरिसकिएको भन्दै उपासना नै फाइनल लिडिङ गर्ल भनेर अहिले नै लेख्दा हतार हुने निर्माण टिमको जिकिर छ। त्यसो त दर्ता फारममा नाम भएता पनि फेरबदल भने हुन सक्नेछ । तर अनमोलले नै उपासना कथामा फिट हुने संकेत दिएका छन् । उनले नै उपासनासँग खिचिएको तस्वीर सार्वजनिक गरेका हुन्।

दिवाकर भट्टराइले यो फिल्मलाई निर्देशन गर्दैछन्। सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाको लेखन रहेको फिल्मका निर्मातामा अनमोल पिता भुवन केसी छन्।

यो फिल्मको छायाँकन फागुन तेस्रो साताबाट हुने लक्ष्य लिइएको फिल्मलाई अर्को बर्षको तीजमा रिलिजको तार्गेट निर्माण टिमले राखेको छ। तर अनमोलले आफुलाई खेलाडीको रुपमा तयार हुन समय लाग्ने भन्दै सहमति जनाएका छैनन् । बुझीएअनुसार अनमोलले असारसम्मको समय प्रशिक्षणको लागि माँग गरेका छन् । त्यसो भएमा फिल्म आउदो दसैँमा रिलिज हुनेछ ।

खबर एक्सप्रेस