आज:  | Thu, 28, Mar, 2024

“कृ”को नयाँ गित सार्बजनिक

२०७४, १६ पुष आईतवार १०:४९ मा प्रकाशित ( ६ साल अघि) ३७३४६ पाठक संख्या

अनमोल केसी आफ्नो नयाँ फिल्म ‘कृ’ को पहिलो गित सँग फेरि फिर्ता आएका छन्। कम समयमै धेरै चर्चा बोकेको ‘कृ’ ले आफ्नो पहिलो गित समेत हिट हुने छाँटकाँट देखाइसकेको छ।

अलमोडा राणा उप्रेती र मिस्टर आर. जे. को स्वर‌ रहेको यो गितको नाम “यति यति पानी” राखिएको छ। मिति २०१७ साल ३१ डिसेम्बर गते ‘हाइलाइट्स नेपाल’ च्यानल बाट यो गित युट्युब मा सार्वजनिक गरिएको हो। युट्युबमा हालिएको केही समय मै कुनै आश्चर्य विना यो गित हजारौं पटक हेरिसकेका छन् र धेरैले राम्रै प्रतिक्रिया दिएका छन्।

‘कृ’ फिल्मको ट्रेलर यो समाचार प्रकाशित सम्म सोह्र लाख पटक हेरिसकेको छ। सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रमा उन्कै लेखन छ। चलचित्र निर्माता सुबाश गिरि तथा भुवन केसीको अनुसार “कृ” सतप्रतिशत सफल हुनेछ र यस सम्बन्धमा उनीहरू ढुक्क भएको बताए। मु‌ख्य भूमिकामा रहि एक्सन अवतारमा देखिएका अनमोल केसी बाहेक यस चलचित्रमा अनुप विक्रम शाही तथा कामेश्वर चौरासिया देख्न सकिन्छ साथै काजल प्रोडक्सनले सधा झैँ यसपालि पनि नयाँ अनुहारलाई मौका दिएको छ जसमा अदिति बुढाथोकी रहेकी छिन् ।

“यति यति पानी” मा अनमोल केसी कुनै बारमा रमाइलो गरि नाचेको र सबैलाई नचाएको देखिएको छ। २०१८ सालको नव वर्ष को ठिक एक दिन अघि यो गित सार्बजनिक गरिएको छ। ३ मिनेट ४३ सेकेन्ड लामो रहेको यो गितमा पुरै मान्छे उफार्ने सँगित छ। यो गित पार्टी, बिहे, बार, डान्स पार्टी, सबैमा बजाउन र नाच्न उत्कृष्ट छ। के यो गितले नयाँ वर्षमा क्लब र बारमा मान्छे उफार्ला त?

खबर एक्सप्रेस