आज:  | Thu, 28, Sep, 2023

विदेशी फिल्मबाट चोरिएको “कृ” लगायत अन्य ११ नेपाली फिल्म

२०७४, १७ पुष सोमबार ११:३१ मा प्रकाशित ( ५ साल अघि) ५२०४५ पाठक संख्या

केही दिन पहिले, धेरै कुरा गरिएको र फिल्म प्रोमोट पहिले नै चर्चित बनेको चलचित्र “कृ” को पोस्टर सार्वजनिक गरिएको थियो। अनमोल केसीको फ्यानहरु अनमोलको नयाँ लुक देखेर निकै प्रभावित भएको देखियो – अनमोलको गुस्सा अवतार, लामो कपाल, छ वटा प्याक शरीर र एक हातमा ह्यामरको। नेपाली दर्शकहरुको बीचमा बढी उत्साह सिर्जना गरी फिल्मको प्रमोसन सफल भएको कारण प्रडक्सन टीम‌ खुशी थिए। तर सबैभन्दा खराब समय तब आयो जब टीमलाई २००८ सालको हलिउड फिल्म “मिडनाईट” को पोस्टर प्रतिलिपि गरेको दोषी ठहराए।

अनमोलको अघिल्लो चलचित्र “जेरी” पनि विदेशी फिल्मबाट पोस्टर नक्कल गरेको विवादमा उत्रेको थियो।

पोष्टर डिजाइनर र नेपाली फिल्म उत्पादन टोलीको रचनात्मक सम्बन्धमा पोस्टर डुप्लिकेटले ठूलो प्रश्न उठाएको छ।

त्यस्तै गरी रेखा थापा अभिनेत्री रहेको र ऊनले आफै निर्माण गर्न लागेको फिल्म “हिफाजत” चाँडै रिलिज हुँदैछ। त्यस फिल्मको एक पोस्टर पनि हलिउड फिल्म “रेजिडेन्ट ईभील: एक्सटिन्सन” सँग निकै मेल खान्छ।

नागरिक न्युज अनुसार यि दुई पोस्टरमा मात्र सात फरकहरु छन्। हुन पनि हो, अनुहार र केहि ठाउँमा कपडाको मात्र विविधता छ नत्र अरु सबै समान छ।

यहाँ १५ नेपाली फिल्मका पोस्टरहरु छन् जुन विदेशी फिल्मसँग निकै मेल खान्छ:

नक्कल गरिएको चपली हाइटको पोस्टर

 

नक्कल गरिएको कृ को पोस्टर

 

नक्कल गरिएको लाल्टिन को पोस्टर

 

नक्कल गरिएको लुट २ को पोस्टर

 

नक्कल गरिएको रेशम फिलिली को पोस्टर

 

नक्कल गरिएको प्रेमिका को पोस्टर

 

नक्कल गरिएको हिफाजत को पोस्टर

 

नक्कल गरिएको प्रड्युसर को पोस्टर

 

नक्कल गरिएको चपली हाइट को पोस्टर

 

नक्कल गरिएको घमण्ड को पोस्टर

 

नक्कल गरिएको त्रिदेव को पोस्टर

 

नक्कल गरिएको जेरी को पोस्टर

 

नक्कल गरिएको छक्का पञ्जा को पोस्टर

खबर एक्सप्रेस