आज:  | Tue, 26, Sep, 2023

आगामी चलचित्र; “जिरो” का होचा शाहरुख खान

२०७४, १८ पुष मंगलवार ११:१५ मा प्रकाशित ( ५ साल अघि) ५३२७३ पाठक संख्या

बलिउड अभिनेता शाहरुख खान अभिनित आगामी चलचित्र ‘जिरो’का टिजर सार्वजनिक भएको छ । चलचित्रमा शाहरुख होचा व्यक्तिको भूमिकामा देखिएका छन् । यस अघि शाहरुख फरक गेटअपमा फ्यानमा देखिएका थिए । त्यसपछिको जिरो दोस्रो चलचित्रको हो । यो चलचित्रमा शाहरुखको साथमा अनुष्का शर्मा, कैटरिना कैफ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक आनन्द एल राईले निर्देशन गरेका हुन् भने गौरी खानले निर्माण गरेकी हुन् । रेड चिल्ली र कलर एल्लोको निर्माणमा बनेको चलचित्र २०१८ डिसेम्बर २१ मा रिलिज हुने भएको छ ।

खबर एक्सप्रेस