आज:  | Wed, 27, Mar, 2024

आयुषमान देशराज जोशी अब चङ्गाचेटमा

२०७४, २१ पुष शुक्रबार ०७:२२ मा प्रकाशित ( ६ साल अघि) ५०८९४ पाठक संख्या

पुरानो बर्ष २०१७ को अन्तिम तिर खुबै तनाबमा परेका आयुष्मान जोशी २०१८ को सुरुवात संगै तनाब मुक्त भएर प्रेमिका प्रीयंका संग नयाँ बर्ष मनाउन पोखरा पुगेका उनी अब चङ्गाचेट गर्ने भएका छन् । उनी तनाबमा पर्नुको मुख्य कारण हो, उनको ईन्स्टाग्राप ह्याक हुनु । झण्डै साता दिन जती उनको ईन्स्टाग्राम एकाउन्टको सम्पुर्ण डाटा स्वामित्व अर्कैको हातमा पुग्यो ।

उनको आईडिको नाम पनि परिवर्तन भएर ‘कैट्रीना कैफ’ भयो । यति मात्र हैन सेक्स च्याट सार्बजनिक गर्दिने धम्की सम्म सार्वजनिक भयो । अन्ततः उनको ईन्स्टाग्राम आईडि लामो प्रयास पछि रिकभर भैसकेको छ । यो तनाबबाट मुक्त भए संगै सिने उद्योगमा ‘चपली हाईट-२’ डेब्यु नायक आयुष्मान देशराज जोशीले अब ‘चङ्गाचेट’ मा काम गर्ने खबर बाहिरिएको छ ।

दीपिन्द्र के खनाल र माधब वाग्लेको संयुक्त लगानीमा बन्ने फिल्म चङ्गाचेट मा उनी मुख्य भुमिकामा देखिने छन् । यद्यपि २ पक्षबिच सम्झौता भने हुन बाकी रहेको बुझिएको छ । सो फिल्ममा नायिका ऋचा शर्मा, अर्पण थापा, रबिन्द्र झा भने फाईनल भैसकेका छन् । दिपेन्द्र के खनालकै निर्देशन रहने फिल्म यसै बर्ष काठमाडौ, जनकपुर र पोखरामा छायांकन भै ०७५ को भाद्र महिनामा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

खबर एक्सप्रेस