ग्ल्यामर दुनियाँ एउटा यस्तो क्षेत्र रहदै आएको छ जसलाई सवैभन्दा बढी चासो दिएर हेरिएको हुन्छ। यहाँ भएका हरेक सानो कुराले पनि निकै ठुलो महत्व राख्ने गर्दछन्। सिनेमा संदेश वाहक र सुचना प्रवाहको गतिलो माध्यम समेत हो। सिनेमामा घटेका हरेक साना घटना, देखाईएको फेसन अनि चलाईएको डाइलग आम मानिसले सजिलै टिप्ने र त्यसलाई फलो गर्ने गर्दछन्। अझ भनौ तीनै कुराहरु आम मानिसको मानसपटलमा सवैभन्दा चाडो क्लिक हुने गर्दछन्।
अझ डिजीटल प्रविधिको विकास र इन्टरनेटको सहज उपलब्धताले संसारलाई नै सानो बनाईसकेको छ। हरेक कुराको अपडेट एक ठाउमा बसेर नै हामी लिन सक्छौ।
सिनेमाको सुरुवातीकाल देखि नै अनेक कन्ट्रोभर्सी र फन्डा हुदै आएका छन्। अभिनेत्रीको नग्न तस्विर देखि अभिनेताको प्रेम चक्कर सम्मको चर्चाले मीडियामा निकै राम्रो स्थान पाउने गर्दथ्यो। तर अनलाइन मीडियाको व्याकता संगै पछिल्लो समय कलाकारको हरेक सानो कुराले मीडियामा निकै राम्रो स्थान पाउने गरेको छ।
आज हामी यो सामग्रीमा पछील्लो केहि समयमा नेपाली सिने नगरीमा चर्चा र विवादमा आएका केहि घटनाहरुको बारेमा चर्चा गर्न लागिरहेका छौ।
१. प्रेमगीत २ नायिकाको पहिरन
प्रेम गीत २ चलचित्रको मोफोसल प्रमोशनको क्रममा अभिनेत्री अशेल्षा ठकुरी वरड्रप मालफंशनको शिकार भईन्। नेपालगंजमा आयोजित कन्सर्टमा नृत्य गर्ने क्रममा उनलाइ आफ्नै पहिरनले ढोका दिएपछि केहि दिन उनि मीडियामा भाईरल बनेकी थिइन्।
२. स्यारोन काण्ड
सायद २ डेव्यु अभिनेत्र स्यारोन श्रेष्ठ र निर्माता सुनिल रावल बिचको विवादले पनि निकै राम्रो चर्चा पायो। स्यारोनले निर्माता रावललाई सेक्स्युअल ह्यारेस्मेन्टको आरोप लगाएपछि मीदियामा यसको बारेमा निकै राम्रो चर्चा भयो। स्यारोनको सपोर्टमा केहि अभिनेत्रीहरु देखिएपछी यसलाई झन् बढी चासोको बिषयको रुपमा हेरियो। अन्तत: आपसी समझदारीमा भन्दै यो विवादलाई टुंग्याईयो।
३. आयुष्मान र प्रियंकाको चुम्वन
अभिनेत्री प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक विवादमा आउने अभिनेत्रीको रुपमा पर्ने गर्दछिन्। कुनै न कुनै हर्कतका कारण उनि मिडियामा छाईरहेकी हुन्छिन्। पछिल्लो समय आयुष्मान देशराज जोशीको प्रेममा रहेकी प्रियंका र आयुष्मानले एक अवार्ड सामारोहमा चुम्वन गरेको बिषयले मिडियामा निकै राम्रो स्थान पायो। सोहि अवार्ड समारोहमा दुवैले सार्वजनिक रुपमा आफ्नो प्रेम स्विकार गरेका थिए। सामाजिक संजाल र मिडियामा अहिले पनि दुवैको प्रेम चर्चाले निकै राम्रो स्थान पाउने गर्दछ।
४. कलाकारको बडीगार्ड मोह
प्राय बडीगार्ड सार्वजनिक स्थलमा आफुलाई असुरक्षति महसूस भयो भने प्रयोग गर्ने गरिन्छ। नेपाली कलाकारमा अभिनेता अनमोल केसीले बडीगार्ड राख्ने प्रचलन सुरु गरे। ड्रिम्स रिलिज ताका बडीगार्ड सहित हलहलमा उनि पुगे। दर्शकको उच्च चापमा उनलाई त्यो शोभनीय बिषय पनि थियो। सोहि कुराको फलो गर्दै अभिनेता प्रदिप खड्कालाई चलचित्र ‘लिलिबिली’ को प्रेसमिट कार्यक्रममा बडीगार्ड सहित उपस्थित गराईयो। तर त्यो किन र के का लागी भनेर नकारात्मक टिप्पणी बढी भयो।
अझ सबैभन्दा बढी हास्यास्पद बिषय बन्यो अभिनेता कुशल थापाको बडीगार्ड काण्ड। पोखरामा चलचित्र ‘ह्याप्पी न्यु ईयर’ को एक कार्यक्रममा उनि बडीगार्ड सहित उपस्थित भए। न उम्दा स्टार क्रेज भएका कलाकार, न सुरक्षाको कुनै चिन्ता। उनले किन र केका लागी बडीगार्ड प्रयोग गरे भन्ने बिषयको चर्चा अहिले सिने नगरीमा निकै मज्जाले हुने गरेको छ।
यी घटना केहि प्रतिनिधि पात्रहरु मात्रै हैन। यी बाहेक यो बर्ष अभिनेत्री रिमा विश्वकर्माको डिभोर्स, छक्का पन्जा २ को गीत चोरी काण्ड, नीति शाहको विदेशी मन्चमा अभिव्यक्ति देखि लिएर शाकार काण्डले पनि नेपाली मिडियामा निकै राम्रो स्थान पायो।
५. छक्का पन्जा टिम र ऋचा शर्मा विवाद
अभिनेत्री ऋचा शर्माले एक सार्वजनिक कार्यक्रममा चलचित्र ‘छक्का पन्जा’ को बारेमा दिएको टिप्पणी बाहिरिए संगै ‘छक्का पन्जा’ को सम्पूर्ण टिमले उनलाई सामाजिक संजाल मार्फत ‘गेट वेल सुन’ लेख्न भ्याए। दुवैको विवाद केहि दिन सम्म चल्यो। यहि बिषयले मिडियामा निकै राम्रो स्थान पायो।
६. बिकिनी काण्ड
चलचित्र ‘रोमियो एण्ड मुना’ को गीत सार्वजनिक कार्यक्रममा अभिनेता विनय श्रेष्ठ दूई जना बिकिनी गर्लको साथमा प्रस्तुत भएका थिए। पत्रकार सम्मेलनमा यसरी उपस्थित हुनुलाई धेरैले भल्गल र असभ्य भएको प्रतिक्रिया दिए। तर निर्माण टिमले भने त्यो गीत अनुसारको नै प्रस्तुती भएको भन्दै आफ्नो स्पष्टोक्ति दिएर पन्छियो।