आज:  | Fri, 01, Dec, 2023

‘प्याड म्यान’ र ‘पद्मावत’ जुध्ने

२०७४, २६ पुष बुधबार ०९:१७ मा प्रकाशित ( ५ साल अघि) ३४४४० पाठक संख्या

निर्देशक संजय लीला भन्सालीको ‘पद्मावती’ लाई ‘पद्मावत’ मा पुनः नामाकरण गरिएको छ। दिपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुर अभिनित यो चलचित्र माघ ११ (जनवरी २५) गते रिलिज हुँदैछ र अक्षय कुमारको ‘प्याड म्यान’ सँग जुध्ने भएको छ।

संजय लीला भन्सालीको ‘पद्मावत’ (पद्मावती) को अन्तमा रिलिज मिति तय भयो। दिपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुर रहेको सो चलचित्र माघ ११ (जनवरी २५) गते आइपुग्ने छ। यसको मतलब यो अक्षय कुमारको ‘प्याड म्यान’ सँग जुध्ने भएको छ। ‘पद्मावत’ पहिले मंसिर १५ (डिसेम्बर १, २०१७) गते रिलिज गर्ने तयारी गरिएको थियो तर चलचित्रमा रानी पद्मिनी (दिपिकाको पात्र) को चरित्र इतिहास विपरीत रहेको भन्दै एक राजपुत कर्नी सेनाले विरोध गरेका थिए। पछि विभिन्न राजनीतिक र धार्मिक समूहहरूले पनि राजपुत संस्कृतिको चरित्रमा दाग लाग्ने भन्दै सो विरोधमा सामेल भएका थिए।

पद्मवती, जुन अहिले ‘पद्मावत’ भनेर चिनिन्छ, विशेष इतिहासकारहरूलाई देखाइएको थियो र उनिहरूले पाँच परिमार्जनहरु सुझाव दिएका थिए जसमा ‘पद्मावती’ को नाम ‘पद्मावत’ मा परिवर्तन गरिने पनि समावेश थियो। संजय लीला भन्सालीको चलचित्र मलिक मुहम्मद जयसीको पद्मवत बाट प्रेरित भएको भनिएको छ। व्यापार विश्लेषक; तारन आदर्शले ट्वीटर मार्फत ‘पद्मावत’ को प्रदर्शन मिति पुष्टि गरेको हो, उनको ट्वीटर पोष्ट जस्ताको तस्तै,
“#Padmavat to release on 25 Jan 2018… #RepublicDayWeekend”

चलचित्रलाई केही हप्ता अघि सेन्ट्रल बोर्ड द्वारा एक अव (UA) प्रमाणपत्र संग प्रदर्शन अनुमति दिइएको थियो। सेन्ट्रल बोर्डको प्रमुख प्रसुन जोशीले भने, बोर्डले निर्माताहरूलाई डिस्क्लेमर थप्न भने जुनले स्पष्ट रूपमा बताउँछ कि “चलचित्रले सतीको अभ्यासलाई सदस्यता लिन वा यसलाई प्रशंसा गर्न खोज्दैन।” जोशीले भनेका थिए कि यि परिवर्तनहरूका सुझाव पूर्णरुपमा चलचित्र निर्माणपक्ष – निर्माता र निर्देशकसँग सम्झौतामा भएको हो। सेन्ट्रल बोर्डको सुझाव  स्वीकार गरे अनुसार, संजय लीला भन्साली निर्देशित चलचित्रलाई अब ‘पद्मावत’ भनिन्छ।

अक्षय कुमार – बलिउडको ठूला ख्याति प्राप्त नाम मध्य एक – ले “प्याड म्यान” मा एक प्रमुख भूमिकामा खेलेका छन्, एक मानिसको सत्य कथाले प्रेरित गरेको चलचित्र जसले उसको गाउँमा रहेको महिला तथा केटीहरुको लागि सेनेटरी प्याड बनाउने कम-लागतको यन्त्र आविष्कार गरेका थिए।

दुवै ठूला चलचित्र एकसाथ प्रदर्शनमा आउने भएपछि दुवै चलचित्र पक्षलाई केहि डर भने हुनेछ। चलचित्र हेर्ने दर्शकहरु बाँडिएपछि दुवै चलचित्रलाई केही मात्रामा घाटा हुने देखिन्छ।

दुवै चलचित्रहरु शानदार प्रडक्सन घरबाट बनेका छन्। दुवै चलचित्रमा अभिनित कलाकारहरुको देशभरि नै ठूलो फ्यान फलोइङ्ग छन्। दुवै चलचित्रहरुले राम्रै गर्ने देखिएको छ। चलचित्र व्यापार विश्लेषक अक्षय रठी अनुसार दुवै चलचित्र एक साथ मिलेर पहिलो दिनमा भा.रु. ३५ करोड देखि ४० करोडसम्म संकलन गर्ने अनुमान रहेको छ। ‘पद्मावत’ ले २५ करोड जति संकलन गर्नुपर्छ भने ‘प्याड म्यान’ ले सजिलै १२-१३ करोड बनाउँनेछ।

खबर एक्सप्रेस