भारतीय अभिनेता अजय देवगनले पहिले नै घोषणा गरिका थिए कि उनले ‘टोटल धमाल’ निर्माण गर्नेछन्। ‘टोटल धमाल’ धमाल श्रिंखलाको ‘डबल धमाल’ पछिको तेस्रो चलचित्र हो, जुन फक्स स्टार स्टुडियोज द्वारा प्रस्तुत गरिनेछ। सुपरस्टार आमिर खानसँग माधुरी दीक्षित, अनिल कपुर र अजय देवगनले मुम्बईमा ‘टोटल धमाल’ को छायांकनको लागि सुरुवाती क्ल्याप दिएका थिए। यस चलचित्रमा अनिल कपुर, माधुरी दीक्षित, अजय देवगन, रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी र वुमन इरानी अभिनित छन्।
‘टोटल धमाल’ चलचित्रले अजय देवगन, माधुरी दीक्षित र अनिल कपुरलाई पुनर्मिलन गराएको छ। अजय र माधुरीलाई एउटै पर्दामा अन्तिम पटक २००१ सालमा ‘लज्जा’ र ‘ए राश्ते है प्यार के’ मा देखिएको थियो भने बलिउडको सबैभन्दा सुपरहिट जोडि मानिने अनिल कपुर र माधुरी दीक्षित धेरै चलचित्रमा खेलेका छन् र ती मध्ये २००० सालमा अन्तिम पटक ‘पुकार’ मा देखिएको थिए।
निर्माताहरुले ‘टोटल धमाल’ मिति २०१८ सालको डिसेम्बर ७ गते प्रदर्शन हुने कन्फर्म गरिसकेका छन्। प्रस्तुतकर्ता फक्स स्टारले ट्वीट गरेका छन्, “PRESENTING…more laughter & more madness…?#TotalDhamaal is our latest collaboration with Ajay Devgn FFilms to give you your next dose of rib-tickling comedy. Directed by @Indra_kumar_9 this laugh riot is set to release on December 7! @ajaydevgn @AbTotalDhamaal @adf_productions”
PRESENTING…more laughter & more madness…💥#TotalDhamaal is our latest collaboration with Ajay Devgn FFilms to give you your next dose of rib-tickling comedy. Directed by @Indra_kumar_9 this laugh riot is set to release on December 7! @ajaydevgn @AbTotalDhamaal @adf_productions
— Fox Star Hindi (@foxstarhindi) January 8, 2018
‘धमाल’ को तेस्रो चलचित्र श्रिंखला ‘टोटल धमाल’ मा अनिल कपुर, माधुरी दीक्षित र अजय देवगन थप्पिए पनि पुराना कास्ट संजय दत्, कंगना रनावत र मलाइका सेरावत भने यस चलचित्रमा देखिने छैनन्।
व्यापार विश्लेषक तारण आदर्शले छायांकन गर्दाको पर्दा पछाडिको केही तस्बिर सार्वजनिक गर्दे ट्वीट गरेका छन्, “Aamir Khan sounds the mahurat clap… Madhuri Dixit switches on the camera… Anil Kapoor directs the mahurat shot… #TotalDhamaal shoot begins today… Directed by Indra Kumar… 7 Dec 2018 release.”
Aamir Khan sounds the mahurat clap… Madhuri Dixit switches on the camera… Anil Kapoor directs the mahurat shot… #TotalDhamaal shoot begins today… Directed by Indra Kumar… 7 Dec 2018 release. pic.twitter.com/XFY8lqQfpi
— taran adarsh (@taran_adarsh) January 9, 2018
फक्स स्टार स्टूडियोज द्वारा प्रस्तुत गरिएको, ‘टोटल धमाल’ अजय देवगन फिल्मस्, अशोक थकेरिया, मर्केन्ड अधिकारी, आनन्द पण्डित र फक्स स्टार स्टुडियोजद्वारा निर्माण गरिएको छ र इंद्र कुमारद्वारा निर्देशित गरिएको छ।