आज:  | Mon, 15, Apr, 2024

किन एक्लै गइन अदिती बुढाथोकी प्रेसमिटीङ्गमा, भन्छिन् तेलुगु चलचित्रमा डेब्यु गर्दै छु

२०७४, ३० पुष आईतवार १५:१९ मा प्रकाशित ( ६ साल अघि) ३३५८५ पाठक संख्या

अनमोल केसी सँगै अदिती बुढाथोकीको पनि निकै चर्चा हुदै गरेको छ। अभिनेत्री अदिती बुढाथोकीले आफ्नो करियर मोडलिङ्ग बाट सुरु गर्दै अहिले अनमोल केसी अभिनित चलचित्र ‘कृ’ मा आफ्नो डेब्यु दिएका छन्।

आज मिति ०९/३० गते ‘कृ’ चलचित्रको प्रेसमिटीङ्ग रहेको थियो। प्रेसमिटीङ्गमा ‘कृ’ चलचित्रबाट अभिनेत्री अदिती बुढाथोकीको मात्र उपस्थिति थियो। अदिती बुढाथोकी बाहेक ‘कृ’ को मुख्य भुमिकामा रहेको अनमोल केसी, निर्देशक, निर्माता कोही पनि प्रेसमिटीङ्गमा उपस्थित भएका थिएनन्। के कारण हुन सक्ला?

त्यस्तै गरी एक पत्रकारको प्रश्नको उत्तर दिदै अदितीले तेलुगु चलचित्रमा पनि डेब्यु गर्दै छु भने। कुन चलचित्र भने अहिले खुलाइएको छैन।

अदिति बुढाथोकीलाई पहिले ‘ड्रिम्स’ चलचित्रबाट अफर आएको थियो र ऊनले उक्त चलचित्र रिजेक्ट गरेकी थिइन्। ऊनी भन्छिन् ‘मलाई कुनै पछुतो छैन।” पढाईमा पनि व्यस्त र आफू त्यतिबेला सक्षम पनि नभएको कारण ऊनले ‘ड्रिम्स’ लाई रिजेक्ट गरेकी बताउछन्।

खबर एक्सप्रेस