आज:  | Fri, 29, Mar, 2024

‘कृ’ को हिरोइन अदितीले रोजिन् प्रदिप र आशिर्मानलाई

२०७४, १ माघ सोमबार ११:१३ मा प्रकाशित ( ६ साल अघि) ३८५७४ पाठक संख्या

अनमोल केसी सँगै अदिती बुढाथोकीको पनि निकै चर्चा हुदै गरेको छ। अभिनेत्री अदिती बुढाथोकीले आफ्नो करियर मोडलिङ्ग बाट सुरु गर्दै अहिले अनमोल केसी अभिनित चलचित्र ‘कृ’ मा आफ्नो डेब्यु दिएका छन्।

काठमाडौँमा भएको एक प्रेसमिटमा अदिती पहिलो पटक मिडियासामु आइन्। त्यँहा मिडियाको र अदितीको केहि प्रश्नोत्तर भयो र मिडियाको‌ मनमा उठेका सबै प्रश्नहरु मेटाए।

उनले आफ्नो मोडलिङ्ग को अनुभव व्यक्त गरिन्। आफ्नो पहिलो नेपाली चलचित्र ‘कृ’ को नि अनुभव सुनाउँदै आफ्नो टिम निकै राम्रो रहेको भन्दै प्रशंसा पनि गरिन्। साथै अनमोल केसी सँग काम गर्न नि निकै रमाईलो हुने बताएता पनि उनले ‘कृ’ चलचित्र भने अनमोल केसी भएकै कारण मात्र नभई कथा मन परेको कारणले खेलेको बताइन्। त्यस्तै गरी एक पत्रकारको प्रश्नको उत्तर दिदै अदितीले तेलुगु चलचित्रमा पनि डेब्यु गर्दै छु भने। कुन चलचित्र भने अहिले खुलाइएको छैन।

अदिति बुढाथोकीलाई पहिले ‘ड्रिम्स’ चलचित्रबाट अफर आएको थियो र ऊनले उक्त चलचित्र रिजेक्ट गरेकी थिइन्। ऊनी भन्छिन् ‘मलाई कुनै पछुतो छैन।” पढाईमा पनि व्यस्त र आफू त्यतिबेला सक्षम पनि नभएको कारण ऊनले ‘ड्रिम्स’ लाई रिजेक्ट गरेकी बताउछन्।

यसरी नै प्रश्नोत्तर चलिरहदा एक पत्रकारको प्रश्न, “अनमोल केसी पछि कुन अभिनेतासँग स्क्रिन सेयर गर्न मन छ?” मा उनले प्रदिप खड्का र आशिर्मान जोशीसँग भनेर उत्तर फर्काइन्।

 

खबर एक्सप्रेस