आज:  | Mon, 15, Apr, 2024

लिली बिलीको नयाँ गीत सार्वजनिक

२०७४, १ माघ सोमबार १२:१९ मा प्रकाशित ( ६ साल अघि) ३८४३० पाठक संख्या

अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘लिली बिली’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘इज इट लभ’ शिर्षक रहेको यो गीत ‘लिली बिली’ को पहिलो गीत हो।

प्रताप दास र मेलिना राईको स्वर रहेको ‘इज इट लभ’ गीत २०१८ साल जनवरी १५ गते बुद्ध सुब्बा डिजीटल प्रा. ली. को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक भएकै दिनमा हजारौं पटक हेरिएको यो गीतमा दर्शकहरुले नि राम्रै प्रतिक्रिया दिएका छन्।

मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिली बिली’ मा प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ र अनुप विक्रम शाहि को मुख्य भुमिकामा रहेका छन्। ‘लिली बिली’ को छायांकन लण्डन तथा स्कटल्याण्डमा गरिएको छ। चलचित्रको प्रदर्शनी मिति भने अहिले तय भएको छैन।

‘इज इट लभ’ गीतको दृश्य पनि सबै विदेश मै खिचिएको छ। पुरै गीत मा प्रदिप खड्का र जसिता गुरुङ विभिन्न ठाउँको प्राकृतिक ठाउँहरुमा रोमान्स गरेको देख्न सकिन्छ। गितको शिर्षक हेरेरै थाहा हुन्छ यो रोमान्टिक गीत हो भन्ने र चाँडै नै निकै मानिसहरु को मोबाईलमा यो गीत हुनेछ।

खबर एक्सप्रेस