आज:  | Tue, 26, Sep, 2023

यस्तो छ कारण प्रदिप खड्का अभिनित ‘लिली बिली’ को प्रदर्शनी मिति सर्नुमा

२०७४, २ माघ मंगलवार १३:४६ मा प्रकाशित ( ५ साल अघि) ४०११२ पाठक संख्या

प्रदिप खड्काको चौथो चलचित्र ‘लिली बिली’ को प्रदर्शनी मिति स्थगित भएको छ। चैत्र ३० गते प्रदर्शन हुने भनिएको ‘लिली बिली’, नहुने भएको छ। रजनीकान्त र अक्षय कुमारको चलचित्र ‘२.०’ ले गर्दा ‘लिली बिली’ नझुदोस् भनेर प्रदर्शनी मिति सारेको देखिएको छ।

चलचित्र निर्माता/निर्देशक मिलन चाम्सले ‘लिली बिली’ को प्रदर्शनी मिति स्थगित भएको पुष्टि दिएका हुन्। अब बैशाख १४ गते ‘लिली बिली’ प्रदर्शन हुने बताइएको छ। मिलन चाम्सले यसकारण जनतासँग माफी पनि मागेका छन्।

मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिली बिली’ मा प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ र अनुप विक्रम राई मुख्य भुमिकामा रहेका छन्। ‘लिली बिली’ को छायांकन लण्डन तथा स्कटल्याण्डमा गरिएको छ।

खबर एक्सप्रेस