अहिले सोनाम कपुर, अक्षय कुमार संगै अभिनय गरेको चलचित्र प्याडम्यानमा ब्यस्त छिन । आज उनले ‘इन्स्टाग्राम’ मार्फत आफ्नो आगामी चलचित्र ‘बिरे दि वेडिंग’ को पोस्टर सार्बजनिक गरेकी छिन । करीना कपुरकोले पनि अभिनय गरेको यस चलचित्रमा स्वारा भास्कर साथै सिखा ताल्सानियाले पनि अभिनय गरेका छन् । पोस्टरसंगै उनले चलचित्रको रिलिज मिति पनि सार्बजनिक गरेकी हुन्, चलचित्र जुन १ मा आउने भएको छ । चलचित्रलाइ एकता कपुरले निर्माण गरेकी हुन भने सशांक घोसले निर्देशन गरेका हुन् ।