आज:  | Thu, 28, Mar, 2024

नेपालको ट्रेन्डिङ नम्बर १ मा प्रदीपको इज इट लब

२०७४, ३ माघ बुधबार ०५:०४ मा प्रकाशित ( ६ साल अघि) ४४६३६ पाठक संख्या

माघ ३_माघे संक्रातीको अवसर पारेर रिलिज गरिएको चलचित्र लिलि विलीको गित “is it love ?” बोलको गितले नेपाल ट्रेन्डिङ नम्बर १ मा आफ्नो स्थान कब्जा गरेको छ ।

युटुवमा अप्लोड् गरेको केही घन्टामा नही लाखौ दर्शकले हेर्न सफल ऊक्त गित संगितको राम्रो प्रसंशा बटुलीरहेको अवस्थामा संगितकार एलिस कार्की दंग छन । स्कटल्याण्डको कठ्याङ्रिने चिसो जाडो मा पनि प्रदिप र जस्सिता को मेहनत राम्रै सॅग देख्न सकिन्छ ।

प्रताव दास र मेलिना राईको स्वर रहेको गीतलाई नृत्य निर्देशनको जिम्मा कविराज गहजरातले लिएका थिए । गोविन्द शाही र सुदीप खड्का ले मिलेर निर्माण गरेको लिलि विली लाई मिलन चाम्स ले निर्देशन गरेका हुन । चलचित्र वैशाख १४ गते प्रदर्शनमा आउने निर्माण टिम ले बताएका छन ।

खबर एक्सप्रेस