आज:  | Mon, 25, Sep, 2023

कस्तो चल्यो आर्यन अधिकारी र प्रियंका कार्कीको ‘बटरफ्लाई’

२०७४, ३ माघ बुधबार १४:४६ मा प्रकाशित ( ५ साल अघि) ३३८४१ पाठक संख्या

आर्यन अधिकारी र प्रियंका कार्की अभिनित चलचित्र ‘बटरफ्लाई’ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको ‘बटर्फ्लाई’ मा आर्यन र प्रियंकासँगै अर्का अभिनेता अर्पण थापाको कामलाई पनि दर्शकले मन पराएका छन् ।

चलचित्रको व्यापारीक रिपोर्ट प्राप्त भएको छैन। निर्माण टिमले रिलिजको दिन (शुक्रबार) देशभर फिल्मको औसत अकुपेन्सी ५० प्रतिशत तथा शनिबार ८० प्रतिशत माथी रहेको बताएको छ । निर्देशक ओम प्रतिक गुरुङले शनिबार देशैभर फिल्मलाई दर्शकको राम्रो साथ मिलेको भन्दै केहि पर्दा हाउसफुल बनेको बताए । ‘जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ, गुरुङले भने, ‘वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा फिल्मप्रति दर्शकको थप साथ बढ्नेछ ।’

दर्शकले चलचित्रलाई मन पराएका छन् भनेर निर्देशक गुरुङले दाबी गरेका छन्। चलचित्रमा एकतर्फी प्रेम गर्ने एक युवकले युवतीलाई आफ्नो प्रेम बुझाउन गर्ने त्याग र संघर्षको कथा रहेको छ। डेब्यू फिल्म ‘के म तिम्रो होइन र’बाट एक्सन अबतार सहित उदाएका आर्यनले यो पटक लभर ब्वाई बन्दा जिवन्त अभिनय पस्केका छन् ।

फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् । फिल्ममा सुरेश वज्राचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व तथा विकास चौधरी र दीपक शर्माको संगीत छ ।

खबर एक्सप्रेस