आज:  | Mon, 15, Apr, 2024

निखिल उप्रेतीको ‘पिंजडा ब्याक अगेन’को प्रदर्शनी मिति परिवर्तन

२०७४, ३ माघ बुधबार १५:०७ मा प्रकाशित ( ६ साल अघि) ३४२९४ पाठक संख्या

माघ ४ गते आउने भनिएको निखिल उप्रेती अभिनित ‘पिंजडा ब्याक अगेन’ को प्रदर्शनी मिति फेरिएको छ। यद्यपि यस मिति परिवर्तनले उपत्यका बाहिर केहि फरक पार्ने छैन तर उपत्यका भित्र भने माघ ५ गते मात्र प्रदर्शन हुने भएको छ।

निर्माण टोलीले अघिल्लो हप्ता सोनाम ल्होछारको दिन प्रदर्शन गर्ने घोषणा गरेको थियो। तर, उक्त चलचित्रको लागि होल्ड ओभर कायम राख्न र प्रदर्शनरत फिल्मलाई कम्तिमा एक हप्ता हलमा टिकाइराख्ने निर्णय सहित अघि ल्याएको मुद्धालाई आत्मसाथ गर्दै ‘पिंजडा ब्याक अगेन’ राजधानी आसपासका हलमा शुक्रबार मात्रै रिलिज हुने भएको हो।

निर्देशक हिमाल केसीले वितरण कम्पनिहरुसँगको सल्लाहमा फिल्मलाई दुई मितिमा रिलिज गर्ने सहमती भएको बताएका छन्। फिल्मलाई राजधानीमा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ।

‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो।

सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन्। सौरभ लामाको छायाँकन रहेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ।

फिल्मको कथा मौनता श्रेष्ठले लेखेकी हुन्। फिल्ममा निखिलबाहेक सारा सिपार्ली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

खबर एक्सप्रेस