आज:  | Fri, 29, Mar, 2024

प्रदर्शनको सँघारमा रहेको चलचित्र ‘पद्धावत’ का निर्माता सर्वोच्व अदालत किन पुगे

२०७४, ३ माघ बुधबार १५:१५ मा प्रकाशित ( ६ साल अघि) ३५९९४ पाठक संख्या

माघ ३ आकु चिन्ता–रणवीर सिंह, दिपिका पादुकोण र शाहिद कपूर अभिनित फिल्म ‘पद्मावत’ लामो समयदेखि विवादित छ ।

भारतको करणी सेनाले फिल्ममा रानी पद्यावतीको चित्रण गरिएको प्रति विरोध गरिरहेको छ । साथै उनीहरुले निर्देशक संजय लीला भंसालीले फिल्ममा राजपुतहरुको मान–मर्यादाको अपमान गरेकाले फिल्मलाई पूर्णरुपमा प्रतिबन्ध लगाईनुपर्ने माग गरिरहेका छन् ।

फिल्म ‘पद्मावत’ लाई यसअघि भारतको गुजरात, मध्यप्रदेश र राजस्थानमा प्रतिवन्ध गरिएको थियो । त्यसपछि विरोधिहरुले हरियाणामा समेत प्रतिबन्ध गरेपछि फिल्म यूनिटले सर्वोच्च अदालतको शरणमा जाने निर्णय गरेका छन् । यसरी विभिन्न राज्यमा फिल्मलाई प्रतिबन्ध गर्नाले फिल्म निर्माताहरुले ठूलो घाटा बेहोर्नु पर्ने भएका कारण भारतका सबै राज्यमा फिल्म प्रदर्शन गर्न पाइनु पर्छ भन्दै फिल्मका निर्माताहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेका छन् ।[tp

केही समयअघि यस फिल्मलाई सेन्सरबोर्डले विशेष समिति गठनगरि इतिहासविद्हरुलाई फिल्म हेर्न लगाइएको थियो । त्यसपछि सेन्सरबोर्डले फिल्मको नाम ‘पद्मावती’बाट ‘पद्मावत’ बनाउनुका साथै विभिन्न दृष्यहरु परिवर्तन गर्न लगाई फिल्मलाई पास गरेको थियो ।

सेन्सरबोर्डले प्रदर्शन अनुमति दिए पश्चात नै जनवरी २५मा फिल्म प्रदर्शनहुने मिति तोकिएको छ । यो फिल्म हिंदी भाषाका अलावा तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने छ । ‘पद्यावत’आइम्याक्स थ्रीडीमा प्रदर्शन हुने पहिलो भारतीय फिल्म हुनेछ ।

 

 

खबर एक्सप्रेस