आज:  | Fri, 19, Apr, 2024

प्रभासको पहिलो बलिवुड चलचित्रमा दीपिका पादुकोण अभिनेत्री

२०७४, ३ माघ बुधबार १६:०३ मा प्रकाशित ( ६ साल अघि) ३४६७८ पाठक संख्या

अहिले भारतीय चलचित्र उद्योगमा प्रभास एकदमै महत्वोपूर्ण ब्यक्तित्वो हुन । बाहुबली स्टार प्रभासको चलचित्र साहु प्रदर्शनको तयारीमा छ, साहुमा उनीसंग बलिवुड अभिनेत्री श्रद्धा कपुर देखिनेछिन । साहु तिन भाषा, तमिल तेलुगु साथै हिन्दिमा रिलिज हुन लागेको भएपनि साहु बलिवुड चलचित्र भने होइन । प्रभासले तिन वर्ष अगाडी एउटा बलिवुड चलचित्रको लागि सम्झौता गरेका थिए र उक्त चलचित्रमा अभिनेत्रिका रुपामा दिपिका पादुकोण देखिन सक्ने समाचार बाहिर आएको छ । चलचित्रका बारेका अरु जानकारी भने बाहिर आएको छैन,  प्रभासले बाहुबलीमा कमाएको पहिचान, आगामी दिनमा जोगाउनके छन् कि छैनन् त्यो भने हेर्न बाकि नै छ।

खबर एक्सप्रेस