आज:  | Fri, 01, Dec, 2023

जस्तो काम् दर्शकले दिन्छन उस्तै परिणाम

२०७४, ३ माघ बुधबार १८:५० मा प्रकाशित ( ५ साल अघि) ३३१६० पाठक संख्या

एक जमना थियो छवि ओझाको फिल्म भने पछी बजार हल्लाउने गर्दथ्यो ।
त्यसैले नि होला ऊनलाई बाघ निर्माता भनेर उपमा केही फिल्म कर्मीले दिएका थिए ।
तर समय अनुरुप अपडेट् हुन नसक्दा,तेही बाघ निर्माता मुसा सम्म पनी गन्तीमा आउन गाह्रो पर्न थालेको हामिले पाएका छौ ।
सन्दर्भ भर्खरै मात्र रिलिज भएको मंगलम को एउटा गितको हो,यदी ऊनले यस्तै किसीमको ढर्रा पस्कने हो भने अब फिल्म निर्माणमा विश्राम लिदा उनि लगाएत आम् दर्शकको लागी पनी भलो हुन सक्छ । “बम्पर उपहार”भन्ने वोलको गीतको जुन सस्तो मेकिङ छ ,यस्ले पक्कै पनि कुनै दर्शकलाई प्रभाव पार्छ जस्तो हामिलाई लाग्दैन उक्त भडियो निकै सस्तो पारा मा १०/१२ जना कोरस् को बिचमा बाटो,पार्क अनी गल्लीमा पृथ्वि राज परसाई र शिल्पा पोखरेल लाई हल्लाएर सकेका छन् । दिपक शर्माको संगितमा प्रमोद खरेल ले स्वर दिएका छन् । छविराज ओझा व्यानरमा निर्मित नवल नेपाल को निर्देशनमा बनेको यस् चलचित्र फाल्गुन २५ देखि पर्दर्शन हुने निर्माण युनिटको भनाई छ ।

खबर एक्सप्रेस