आज:  | Tue, 26, Sep, 2023

आर्यन र साम्राज्ञीको ‘कायरा’ को छायांकन सुरु

२०७४, ४ माघ बिहीबार १२:०१ मा प्रकाशित ( ५ साल अघि) ४७५१७ पाठक संख्या

चलचित्र ‘कायरा’ को निर्माण टोलीले चलचित्रको छायांकन सुरु भएको खबर दिएका छन्। चलचित्रको पहिलो छायांकन फिलिपिन्सबाट सुरु गरेका छन्। यस चलचित्रको माध्यमबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै फ्रेममा हामीले देख्न सकिनेछौँ। साम्राज्ञीले यस चलचित्रबाट १० लाख पारीश्रमिक लिएको भनिएको छ तर यसमा कत्तिसम्मको सत्यता छ भन्नेबाट चै हामी अन्जान छन्। आर्यनको पछिल्लो चलचित्र ‘रुद्रपिया’ असफल रहेता पनि अब भने आर्यन अर्को चलचित्रबाट फेरि आफ्नो जादु चलाउने तयारीमा छ। यस चलचित्रलाई लिएर साम्राज्ञी र आर्यन निकै उत्साहित छन्।

आर्यनको पछिल्लो चलचित्र ‘धुँवा यो नशा’ को निर्देशकले यस चलचित्रमा पनि निर्देशन गर्ने छन्। चलचित्र ‘कायरा’ को छायांकनको लागि निर्माण टोली एक महिना फिलिपिन्समा नै बस्नेछन्।

खबर एक्सप्रेस