आज:  | Mon, 25, Sep, 2023

सबैलाई हसॉउने मनोज गजुरेलको पारिवारिक झमेला साम्य….

२०७४, ४ माघ बिहीबार १४:३४ मा प्रकाशित ( ५ साल अघि) ३७५५७ पाठक संख्या

 

आकु चिन्ता – हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेदको समाचारले अचम्म बनाएको छ ।

मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई छुटिएर टुङ्गयाएका छन् । निकटम् स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।

सम्बन्ध विच्छेदको कारण बारे दुवै मौन छन् । बुझिए अनुसार आपासी समझ्धारी बडे पछि भएको हो । त्यसैले दुवैले कारण या कुनै तर्क छैन भनिरहेका छन् । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।

मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित कार्य तिर लाग्दैछन। मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् । यो निर्णयलाई दुवैले सम्बन्धको ह्याप्पी इण्डिङका रुपमा लिएको प्रतिकृया दिएका छन् ।

 

खबर एक्सप्रेस