आज:  | Wed, 27, Mar, 2024

आफ्नो वोईफ्रेन्डको चलचित्र हेरेपछी यसो भनिन सृष्ठी श्रेष्ठ ले

२०७४, ४ माघ बिहीबार १६:५६ मा प्रकाशित ( ६ साल अघि) ३३११६ पाठक संख्या

भोलि शुक्रवारबाट उपत्यकामा प्रदर्शन हुन लागेको चलचित्र लाल पुर्जाले बिहीबार प्रिमियर सो सम्पन्न गरेको छ ।  प्रिमियर सोमा चलचित्रकर्मी, संचारकर्मी र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की, मिरुना मगर, सृष्टि श्रेष्ठ लगायतका  उपस्थित रहेको थियो ।

चलचित्र हेरिसके पश्चात् धेरैले चलचित्रबाट फरक स्वाद पाएको प्रतिक्रिया दिएका थिए ।  अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा सौगात र विपिनको विल्कुलै फरक लागेको र आफुलाई मन परेको बताईन ।

विक्रम सिंह थारु र उमेश श्रेष्ठको संयुक्त लगानी रहेको चलचित्र ‘लाल पुर्जा’ मा सौगात, विपिन, मिरुना सँगै अभिनेता हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।

खबर एक्सप्रेस