आज:  | Thu, 28, Mar, 2024

‘सोनु कि टिटु कि स्विटी’ र ‘अय्यारी’ जुध्ने

२०७४, ५ माघ शुक्रबार ०५:०६ मा प्रकाशित ( ६ साल अघि) ५७९८८ पाठक संख्या

संजय लीला भन्साली निर्देशित चलचित्र ‘पद्मावत’ र अक्षय कुमारको ‘प्याड म्यान’ जनवरी २५ मा आउने भनेदेखि आगामी चलचित्रहरुलाई निकै असर गरेको छ, कत्तिले प्रदर्शनी मिति नै धकेल्ने गरी। सिध्दार्थ मल्होत्राको ‘अय्यारी’ जनवरी २६ गतेबाट फ्रेवुअरी ९ मा सरेको छ , र अनुस्का शर्माको हरर-थ्रिलर ‘परी’ पनि फ्रेवुअरी ९ को सट्टा मार्च २ गते प्रदर्शन हुने भएको छ।

तर एक चलचित्र जसलाई यी सबै कुराबाट केही असर परेको छैन, ‘सोनु कि टिटु कि स्विटी’ जुन फ्रेवुअरी ९ मा रिलिज हुँदैछ।

“मेरो चलचित्र सुरक्षित छ,” रञजन भन्छन्, “किनकी आजको समयमा, एकदिनमा चल्ने थियटरहरु र शोहरुको संख्यासँग, दुई हप्ता लामो समय हो। यदि त्यँहा कुनै दर्शकहरु छन् जसलाई दुवै चलचित्र ‘प्याड म्यान’ र ‘पद्मावत’ हेर्न रुचाउँछन् भने तिनीहरु यी चलचित्र हेर्न तीन हप्ता कुर्ने छैनन्।

‘प्यार का पञ्चनामा’ (२०११) र ‘प्यार का पञ्चनामा २’ (२०१५) मा निर्देशक रहिसकेको लभ रञ्जन थप्छन्, किनकी मानिसहरुले एक हप्तामा दुई चलचित्र हेरीसके पछि, उनीहरुले अर्को हेर्नको लागि केही ब्रेक लिनसक्छन्।

यद्यपि, जब चलचित्र ‘अय्यारी’सँग जुधेर चलचित्रको व्यापार बिगार्ने बारे प्रश्न सोध्दा, रञ्जन भन्छन् उनी यसबारे निश्चिन्त छन्। “‘अय्यारी’ एक थ्रिलर चलचित्र हो र मेरो हास्य, र मलाई लाग्दैन मानिसहरु यी चलचित्रमध्ये एक हेर्नलाई दोमन गर्छन्। हो, यदि कुनै हास्य चलचित्र त्यही दिनमा निस्केको भए, मलाई लाग्थ्यो कि व्यवसाय विभाजन हुन सक्छ। तर धन्न, यहाँ कुनै तुलना छैन,” उहाँले स्पष्ट गर्छन्।

रञ्जन अझै बताउँछन् कि दुई चलचित्रमध्ये कुनैले पनि पुरै ३,००० स्क्रिनहरुमा प्रदर्शन हुने छैन। “त्यसो भए, यदि सही आकार र विभिन्न शैलीहरुको दुई चलचित्रहरुसँगै प्रदर्शन हुँदैछ भेन, दुवै को व्यवसाय सजिलै व्यवस्थित गर्न सकिन्छ।

खबर एक्सप्रेस