आज:  | Mon, 25, Sep, 2023

लामो समय भिसा प्रकरणले रोकिएको धिरज मगर र साम्राज्ञीको लन्डनको फस्ट् लुक् यस्तो छ…

२०७४, ५ माघ शुक्रबार ०५:०७ मा प्रकाशित ( ५ साल अघि) ३६१९३ पाठक संख्या

Aku chinta_

धेरै भाग नेपाल र केही भाग् युके छायाँकनको दोश्रो चरणको शुटिङ पुरा हुँदा निर्माण टिमले सिनेमाको फस्टलुक सार्वजनिक गरेको छ । जहाँ साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर देख्न सकिन्छ ।


सिनेमाको बाँकी २५ प्रतिशत, बसन्त ऋतुको अवसर पारेर चैत/बैशाखमा युकेमै छायाँकन गरिने बताए । निर्माण टिमलाई मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको युकेले भिसा नदिदा धेरै टिका टिप्पणी झेल्नु परेको थियो ।
प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरज मुख्य भूमिकामा छन । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’ रेनाषा वानतवा राई पहिलो पटक निर्देशनिय पाटो सम्हाल्दै अगाडी बडेका छन् ।

dudhkodudhpanikopani.com

खबर एक्सप्रेस