आज:  | Sun, 21, Apr, 2024

प्रदिप खड्कालाइ पछ्याउदै अनमोल केसी

२०७४, ५ माघ शुक्रबार १०:४१ मा प्रकाशित ( ६ साल अघि) ३५१५० पाठक संख्या

प्रदिप खड्का अभिनित चलचित्र लिलीबिली अहिले चर्चाको उच्च शिखरमा पुगेको छ, केहि दिन अगाडीमात्रै रिलिज भएको, चलचित्र लिलीबिलीको ‘इज इट लभ’ बोलको गीतको अहिले १० लाख भन्दा धेरै पटक युट्युब भ्युज आएको छ भने युट्युब ट्रेडिंग को नम्बर १ मा छ । उता अर्का स्टार नायक अनमोल केसीको चलचित्र क्री को चर्चा पनि एकदमै हाबी छ ।

 

चलचित्र कृको यति यति पानी लघभग २ हप्ता भन्दा धेरै ट्रेन्डिङ नं १ बसेको थियो, चलचित्र कृको ट्रेलर र गीत बाहेक अरु कुनै सामाग्री अहिले सम्म बाहिरिएका छैनन । हामिले पाएको जानकारी अनुसार छिट्टै अनमोल केसी कृको एउटा गीत छायांकनका लागि स्कट्ल्यान्ड जादैछन । चलचित्र लिलीबिलीको ‘इज इट लभ’ बोलको गीत पनि स्कटल्याण्डमै छायांकन भएको थियो । कुन गीतले बढी प्रशंसा पाउने छ त्यो भने हेर्न बाकी नै छ ।

खबर एक्सप्रेस