आज:  | Thu, 28, Mar, 2024

‘लिली बिली’ अघि अघि ‘कृ’ पछि पछि

२०७४, ५ माघ शुक्रबार १६:०४ मा प्रकाशित ( ६ साल अघि) ३४९१९ पाठक संख्या

बहुप्रतिक्षित चलचित्र ‘कृ’ लाई दर्शकले पर्खेर बसेका छन्। यसको चर्चा देशभरि नै रहेको छ। चर्चित युवा कलाकार अनमोल केसी भएकोले गर्दा पनि यो हुनु स्वाभाविक मानिन्छ। अनमोल केसी करिब डेर वर्ष पछि पर्दामा फर्किन लागेको भएर नि दर्शकमा यस्तो उत्साह जागेको हो। हालैमा मात्र मिडियामा उक्त चलचित्रको एक गीतको छायांकन बाँकी रहेको भन्ने खुलासा आएको छ। एक अन्तर्वार्तामा अभिनेता अनमोल केसीले आफू सो गीतको लागि स्कटल्याण्ड जाने तयारी गरेको बताए। स्कटल्याण्डको दृश्यले नेपाली चलचित्रलाई निकै प्रभावित भएको देखिन्छ। यसले गर्दा चलचित्र अझ रोमान्चल हुने देखिन्छ। स्कटल्याण्डको छायांकनले गर्दा चलचित्र ‘कृ’मा अझ नयाँ थप कुरा आउने आशा छ।

केही समय अघि मात्र प्रदिप खड्का अभिनित चलचित्र ‘लिली बिली’ले आफ्नो छायांकन स्कटल्याण्डमा सक्काएर नेपाल फर्केका थिए, अब भने ‘कृ’ को छायांकनको‌ लागि नि निर्माण टोली स्कटल्याण्ड जाने तयारी गर्दै छन्। ‘लिली बिली’को पहिलो सार्वजनिक गीतमा पनि स्कटल्याण्डको लोभलाग्दो दृश्य देख्न सकिन्छ। हाल सो गीत सामाजिक सञ्जाल युट्युवमा ११ लाख भन्दा धेरै पटक हेरिसकेको छ र नेपालको ट्रेन्डिङ १ मा छ। ‘लिली बिली’ पछिको दोस्रो स्कटल्याण्डमा छायांकन गरेको चलचित्र ‘कृ’ हो र यसो हेर्दा ‘कृ’ ले ‘लिली बिली’ लाई पछ्याएको देखिन्छ।

हुन त राम्रो काम कसैले नक्कल गरेमा राम्रै हो तर पनि नेपाली दर्शकले पक्कै पनि केही नयाँ खोज्नेछन्। यद्यपि, सोही चिजलाई अझ राम्रो र भिन्न तरिका देखाउन सकेमा अवश्य नेपाली दर्शकले रुँचानेछन्। निर्माण पक्षले नेपाली दर्शकले के रुचाउछन् र कसरी खुशी पार्न सकिन्छ भन्ने कुरामा ध्यान दिन एकदम जरुरी छ अनि मात्र चलचित्र सफल हुनेछ।

खबर एक्सप्रेस