आज:  | Fri, 01, Dec, 2023

‘प्याड म्यान’ पनि स्थगित, ‘पद्मावत’सँग नजुध्ने

२०७४, ५ माघ शुक्रबार १७:०२ मा प्रकाशित ( ५ साल अघि) ३३०५१ पाठक संख्या

संजय लीला भन्सालीको ‘पद्मावत’सँग बक्स अफिस क्ल्यास हुनबाट बचाउन बलिउड स्टार अक्षय कुमारले आफ्नो बहुप्रतिक्षित चलचित्र ‘प्याड म्यान’को प्रदर्शनी मिति सारेका छन्।

अक्षय बताउँछन्, भन्सालीले आफैले उनलाई सम्पर्क गरेर मिति सार्न भनेका थिए, र भन्सालीले ‘पद्मावत’लाई लिएर पहिले नै निकै कष्ट भोगिसकेका कारण अक्षयले नि ‘प्याड म्यान’को प्रदर्शनी मिति सारे।

आर बल्किको निर्देशन रहेको ‘प्याड म्यान’, जनवरी २५ गते रिलिज हुने भनिएको थियो, तर अब यो चलचित्र फेब्रुअरी ९ गते मात्र आउने भएको छ।

“मेरो चलचित्र ‘प्याड म्यान’ जनवरी २५ गते आउनेवाला थियो र ‘पद्मावत’ पनि सोही दिन आउने थियो। मैले संजय लीला भन्सालीलाई फिल्मफेयर प्रेस सम्मेलनमा भेटे र उँहाले प्रदर्शनी मिति धकेल्नलाई भने। हामी सबै यहाँ एक परिवार जसरी छौँ। मलाई उँहाको चलचित्र एक्लै आवोस जस्तो लाग्छ र म उँहाको चलचित्रले राम्रो गरोस भन्ने चाहन्छु। उँहा निकै कष्टबाट आएका छन्।,” अक्षयले भने।

भन्साली, जो ‘पद्मावत’को विवाद भएदेखि लुकेका थिए, सो प्रेस सम्मेलनमा उहाँ नि उपस्थित थिए।

निर्देशकले भने कि ‘प्याड म्यान’को प्रदर्शनी मिति सारेको र ‘पद्मावत’लाई एकल रिलिज हुन दिएकोमा ऊ अक्षयको आभारी छन्।

“‘पद्मावत’ले निकै कठिनाइ भोग्नु पर्यो। अक्षय कुमारको ‘प्याड म्यान’ एउटै दिनमा आउने भनिएको थियो। हामीले अक्षयलाई मिति धकेल्नलाई अनुरोध गरेम्। उँहाको चलचित्र पनि निकै ठूलो हो। उँहाले दुई मिनेट मै सहमत गर्नुभयो। यसको लागि निकै ठूलो मन हुन जरुरी छ। म उँहाको जिन्दगी भर आभारी हुनेछु।,” निर्माताले भने।

‘पद्मावत’ निर्माताहरुले एक महिना अघि सेन्सर बोर्डबाट अनुमति पाएपछि प्रदर्शनी मिति सार्वजनिक गरेका थिए।

‘प्याड म्यान’ भने अब चलचित्र ‘अय्यारी’सँग जुध्ने भएको छ।

खबर एक्सप्रेस