सलमान खान र शाहरुख खान बलिवुडमा एकदमै धेरै चलेका नाम हुन, शाहरुख खानलाई बलिउडमा किंग उपनामले चिनिन्छ भने सलमान खानलाइ टाइगर उपनामले चिनिन्छ । सन् २००८ मा कट्रिना कैफको बर्थडे पार्टीमा झगडा गरेका सलमान खान र शाहरुख खाना केहि वर्ष एकअर्का संग बोल्न पनि चाहेनन्, तर केहि बर्ष अगाडी देखि आफुहरु अझै पनि राम्रा साथि भएको कुरा मिडियामा देखाउदै आएका छन् ।
बिशेस श्रोत अनुसार अहिले शाहरुख खानकी छोरी सुहाना खान माथि सलमान खानको नजर परेको छ, सुहाना अहिले १७ वर्षकि छिन । सलमान खान शाहरुख पुत्री सुहानालाइ बलिउडमा डेब्यु गराउन चाहन्छन । उनिले सुहानाको बलिउड आगमन आफ्नो ब्यानरबाट बन्ने चलचित्रबाट गराउन खोजेका हुन । तर कुन चलचित्र र कहिले बन्ने हो यो बारेमा कुनै पनि समाचार बैर आएका छैनन । साथै शाहरुख खानले पनि यो कुरा प्रति कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।