आज:  | Mon, 25, Sep, 2023

५ चर्चित नायिका कस्को सन्तान कस्तो …..

२०७४, ६ माघ शनिबार ०३:१८ मा प्रकाशित ( ५ साल अघि) ३४४९५ पाठक संख्या

Aku chinta_

कुनै बेलाका स्टार हिरोइनहरूले आफ्ना सन्तानको न्वारन चाहिँ कस्तो गरेका छन् त ? उनीहरूकै फ्यानका लागि यो चासोको विषय बन्न सक्छ ।

 

श्रीस्वस्थानीबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी जल शाह आफ्नो स्टारडम कायम रहेकै बेला अमेरिका लागिन् । अमेरिकामै उनले घरजम गरिन् र अहिलेसम्म फिल्म उद्योगमा पुनः फर्केकी छैनन् । शरदकुमार रिमालसँग विवाह गरेकी जलले एक छोरी जन्माइन् । जलले आफ्नी छोरीको नाम कलश राखेकी छन् । चलचित्र अवतारबाट व्यावसायिक फिल्मी यात्रा सुरु गरेकी जलले दुई दर्जन चलचित्रमा अभिनय गरेकी छन् ।

अजम्बरी फिल्मबाट रजतपटमा उदाएकी अरुणिमा लम्सालले दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिन् । २०६२ सालमा अमित अर्यालसँग विवाह गरेकी अरुणिमाले छोरी जन्माइन् । उनले छोरीको नाम अक्षता राखेकी छन् । आमा बनिसकेपछि केही फिल्मबाट कमब्याक गर्ने प्रयास गरे पनि निरन्तरता दिन सकिनन् । त्यसपछि उनी छोरीसहित अमेरिका लागिन् र उतै हराइन् ।

मिस नेपाल भएर चलचित्र उद्योगमा प्रवेश गरेकी झरना व्रजाचार्य प्रकाश सायमी निर्देशित चलचित्र हतियारबाट उद्योगमा उदाएकी हुन् । सन् २०१५ मा भारतीय मूलका अमेरिकी व्यवसायी राहुल अग्रवालसँग झरनाले विवाह गरेकी हुन् । उनले २८ चैत २०७२ मलेसियामा छोरा जन्माएकी छन् । उनको छोराको नाम ईशान हो ।

नायिका हुँदै निर्देशक बनेकी झरना थापा अहिले आफू निर्देशित चलचित्र ए मेरो हजुर प्रदर्शनका क्रममा युरोप पुगेकी छन् । ‘दाइजो’ मा काम गर्दागर्दै उनले निर्माता सुनीलकुमार थापासँग प्रेमविवाह गरेकी हुन् । यी नायिकाले विवाहको अर्को वर्ष नै छोरी सुहानी जन्माइन् । झरना नेपाली रजतपटका थोरै नायिकामध्ये त्यस्ती नायिका हुन् जो आमा बनेर पनि उद्योगमा छाइरहिन् ।

‘सन्तान’ फिल्मबाट उद्योगमा डेब्यु गरेकी करिश्मा आमा बनेपछि पनि उद्योगमा छाइरहिन् । ‘कस्तुरी’ मा काम गर्दागर्दै निर्माता विनोद मानन्धरसँग प्रेमविवाह गरेकी उनले छोरी कवितालाई जन्म दिइन् । अहिले उनी फिल्ममा भन्दा राजनीतिमा व्यस्त छिन् ।

 

खबर एक्सप्रेस