आज:  | Mon, 25, Sep, 2023

गुजरातका मल्टिप्लेक्समा नलाग्ने भयो पदमावत ।।

२०७४, ६ माघ शनिबार ०८:४९ मा प्रकाशित ( ५ साल अघि) ३३३७६ पाठक संख्या

सन्जय लीला भन्साली निर्देशित चलचित्र पदमावत बारे अहिले भारतमा एकदमै ठुलो बिबाद चुलिएको छ । रन्बिर सिङ, साहिद कपुर र दिपिका पादुकोण अभिनित यो चलचित्रले धेरै समस्याको सामना वर्दै आइरहेको छ । सेन्सर देखि कर्णी सेना सम्मका धेरै लफडाहरु बेहोर्दै आएको पदमावतलाइ केही दिन अघि राजस्थान, गुजरात, हरयाणा, तथा मध्य प्रदेश जस्ता राज्यहरुमा ब्यान गरिएको थियो, तर सुप्रीम कोर्टले ब्यान हटाइदिएपछी चलचित्र निर्माण पक्षलाइ केही राहत महसुस भएको थियो । तर आज गुजरातको मल्टिप्लेक्स संघका अध्यक्षले पदमावतले गुजरातको कुनै पनि चलचित्रहलमा पदमावत लाग्न नदिने निर्णय गरेको बताएका छन । अब पदमावत २५ जनवरीमा आउने हो कि होइन त्यो भने हेर्न बाकी नै छ । 

 

खबर एक्सप्रेस