आज:  | Thu, 28, Sep, 2023

पत्रकार सम्मेलनमा यसो भन्छन सोहेल खान

२०७४, ६ माघ शनिबार ०९:४३ मा प्रकाशित ( ५ साल अघि) ३१६२१ पाठक संख्या

Aku chinta_

काठमाडौंको टुँडिखेलमा हुने ‘द ब्याङ टुर नेपाल’ को विषयमा जानकारी दिन बलिउड कलाकार सोहेल खान काठमाडौं आएका छन् । दाईको सुरक्षा, र कन्सर्ट हुने स्थानको अवलोकन गर्न उनी नेपाल आएका हुन् । होटल सोल्टी क्राउन प्लाजामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सोहेलले सलमान खान नेपाली फ्यानमाझ आफ्नो प्रस्तुति दिन आतुर रहेको बताए ।

सोहेल खान इन्टरटेन्मेन्ट र जेए इभेन्टको सहकार्यमा नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो । सोहेल भन्छन्, ‘हामी त नेपाल आउन सधै इच्छुक थियौं । निम्तो आउनेबित्तिकै इन्ट्रेस्ट देखायौं । सबै समूहको समयतालिका मिलाएर यसपालि आउन लागेका छौं ।

उनले नेपालको सौन्दर्यको पनि चर्चा गरे । ‘नेपाल साह्रै सुन्दर देश । म करीब १४ वर्षको छँदा पहिलो पटक नेपाल आएको थिएँ । त्यो बेला रक्सौल हुँदै काठमाडौं आएको मलाई स्मरण छ ।

उनले भने सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सानोन, डेजी शाह, मिट ब्रदर्स, मनीष पलजस्ता कलाकार नेपाल आउने पनि जानकारी दिए ।

ओडीसीका सीमान्त गुरुङले कन्सर्टबाट संकलित रकम समाज सेवामा खर्चिने बताए । उनले भने, ‘भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण विश्वमाझ नेपाल सुरक्षित गन्तव्य रहेको जानकारी दिन कन्सर्ट गर्न लागेका हौं ।’ आयोजक संस्थाका अनुसार, ‘द ब्याङ टुर नेपाल’मा करीब ५० हजार दर्शक उतारिने छ ।

खबर एक्सप्रेस