आज:  | Tue, 26, Sep, 2023

अक्षय कुमार र अनमोल केसीको लडाईं | ‘प्याड म्यान’ र ‘कृ’ जुध्ने

२०७४, ६ माघ शनिबार १४:२७ मा प्रकाशित ( ५ साल अघि) ३५३९३ पाठक संख्या

संजय लीला भन्सालीको ‘पद्मावत’सँग बक्स अफिस क्ल्यास हुनबाट टाढा सारेको अक्षय कुमारको ‘प्याड म्यान’ अब अनमोल केसीको ‘कृ’ सँग क्ल्यास हुने भएको छ।

बलिउडको बहुप्रतिक्षित चलचित्र‌ ‘पद्मावत’ को लामो विवाद पछि अचानक प्रदर्शनी मिति तय भएकोले गर्दा प्राय सबै नेपाली तथा हिन्दी चलचित्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरेको छ। यसकारण, धेरै बलिउड तथा कलिउड चलचित्र निर्माण टोलीले प्रदर्शनी मिति समेत धकेलेका छन्।

अरु चलचित्रहरु क्ल्यास हुने डरले पछि हटे भने अक्षय कुमारलाई निर्देशक संजय लीला भन्साली आफैले ‘प्याड म्यान’ को प्रदर्शनी मिति सार्न अनुरोध गरे। यसरी ‘प्याड म्यान’ र ‘पद्मावत’ त जुध्नबाट बच्यो तर अरु केही चलचित्रहरुलाई भने यसले पक्कै पनि असर गर्ने भएको छ। बहुप्रतिक्षित चलचित्र ‘कृ’ फ्रेवुअरी ९ मा रिलिज हुने बताएको छ भने हालैमा अक्षय कुमारको ‘प्याड म्यान’ पनि सोही दिन रिलिज हुने घोषणा गरेका छन्।

यसरी छिनछिनमा धेरै चलचित्रहरुको प्रदर्शनी मिति सर्दै गरेको छ र यसको मुख्य कारण दिपिका पादुकोण, शाहिद कपुर र रणवीर सिंह अभिनित चलचित्र ‘पद्मावत’ हो। लामो समयको विवाद पश्चात ‘पद्मावत’ले सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको हो र त्यसैले गर्दा ‘पद्मावत’को प्रदर्शनी मिति निकै ढिला र अचानक तय भएको हो।‌ अहिले भने यसरी नै सोच्दै नसोचेको चलचित्र ‘प्याड म्यान’को प्रदर्शनी मिति सरेको छ र अब ‘कृ’सँग क्ल्यास हुने भएको छ। के ‘कृ’ले पनि अरु चलचित्र जस्तै आफ्नो प्रदर्शनी मिति धकेल्ला? कि जोखिम लिएरै सोही दिन रिलिज गर्ला?

खबर एक्सप्रेस