आज:  | Thu, 28, Mar, 2024

‘पिजडा व्याक अगेन’जस्तो हावा फिल्म गरेकी साराले नँया फिल्ममा अनुबन्ध भएकी छिन..

२०७४, ६ माघ शनिबार १५:२३ मा प्रकाशित ( ६ साल अघि) ४३४६४ पाठक संख्या

‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’ जस्तो हावा फिल्म गरेकी  सारा शिर्पाली नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । राम्रो टिम नहुदा आफुमा क्षमता हुदा पनि दर्शक माझ् उनको काम पुग्न पएको थिएन ।

‘अधकट्टी’ निर्देशन गरेका मिडियाकर्मी सुब्रत आचार्यले निर्देशन गर्ने ‘सुश्री सम्पती’मा सारा मुख्य भूमिकामा देखिन लागेका हुन् । सामाजिक बिषयबस्तुमा कमेडी मिश्रित सिनेमामा सारासंग सलोन बस्नेतले रोमान्स गर्नेछन ।

सिनेमामा विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत, राजाराम पौडेल, प्रेमवर्षा खड्का, रोशनी कार्की पनि फाईनल भएका छन् । अर्जुन तिवारीको छायाँकन रहने फिल्ममा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । पोखरामा छायांकन गरिने यो फिल्मको निर्माता रमेश त्वयना हुन् ।

 

 

 

 

खबर एक्सप्रेस