एजेन्सी aku chinta_। रजनीकांत र अक्षय कुमारको नयाँ फिल्म ‘2.0’ ले रिलिज अगाडी नै सबैलाई अचम्म पारेको छ । भारतीय मिडियाका अनुसार डिस्ट्रीब्यूशन राइट्समा अक्षयको फिल्मले बाहुबली २’ को समेत रेकर्ड तोड्न सफल भएको हो ।
‘2.0’ ले केरल डिस्ट्रिब्यूशन राइट्स लाई करीब १६ करोड़ रुपैयाँमा बेचेको छ जवकि बाहुबली २ को १०.५ करोडमा बेचीएको भाष्कर दैनिकले जनाएको छ ।
श्रोतका अनुसार ‘2.0’ बाहुबली २ भन्दा अगाडी बढेर भारतको सबै भन्दा महंगो फिल्म बन्न सफल भएको छ । सबैभन्दा महंगो फिल्म भनेर चर्चा कमाएको ‘2.0’ फिल्म करीब ४५० करोड़ रुपैयाँको लागतमा बनेको बताइएको छ । १३ अप्रिलमा रिलीज हुने तयारीमा रहेको फिल्मको यती ठूलो बजेटको कारण पनि बलिउडका अन्य प्रोड्युसरहरु हैरान भएका छन् ।
Dudhkodudhpanikopani.com