आज:  | Sat, 23, Mar, 2024

बाबा ले अर्काको घरमा काम गर्दै मलाई हुर्काऊनु भएको झलझली ऑखा मा आऊछ सागर आले पुरा पढनुहोस्

२०७४, ६ माघ शनिबार १६:२० मा प्रकाशित ( ६ साल अघि) ४२००३ पाठक संख्या

Aku chinta_

नेपाल आइडलको टप फोर बाट बाहिरिएका सागर आलेको चर्चा परिचर्चा यतिबेला देश भित्र र बाहिर सबैभन्दा बढी छ । नेपाल आइडलमा चौथो भएर पनि उनको क्रेज पहिलो भन्दा कम छैन देश तथा विदेशको दौदाहामा निकै ब्यस्त सागर आलेको बारेमा नयाँबाटोडटकमले तयार पारेको उनको भित्रि पाटो यस्तो छ । पहिले-पहिलेका मान्छेहरु तराई झर्दैनथे तराईमा औंलोको ठुलो भय हुन्थ्यो तर गरिवीले औंलो, रोग, ब्याज केहि पनि नभन्दो रहेछ त्यहि गरिवीले १४-१५ वर्षको कलिलो उमेरमा आफुँ जन्मे हुर्केको गोर्खाको आरुघाट छोडेर चितवन तिर काम खोज्न हिडें रघु बहादुर आले मगर !

१५ वर्षदेखि संघर्षमा होमिएका रघु बहादुर सुरुमा चितवनमा एउटा घरमा गोठालोको रुपमा काम पाए र केहि वर्षसम्म त्यहिँ गोठालो गरे पछि उनको कर्म लिएर आयो होटेल नारायणी सफारी त्यहिँको मेहनतले गोर्खा बाट खालि हात झरेका रघुले चितवनमा जग्गा किने घर बनाए र शान्ता माया तामाङ (अहिले आले मगर) सँग बिहे पनि गरे ! उनिहरु बाट पाँच भाई छोराहरु जन्मिए ! उनै रघु बहादुर आले मगर र आमा शान्ता माया आले मगरको कोख बाट २०५३ सालमा चितवनको पटिहानीमा पाँच भाई मध्यका साँइलो छोराको रुपमा जन्मिएका थिए सागर आले मगर !
सानैदेखि गाउने नाँच्ने भनेपछि हुरुक्कै हुने सागर आले १४ वर्षको हुँदा नै स्कुलका विभिन्न कार्यक्रम र गाउँघरमा हुने मेलापर्वहरुमा गाउन थालिसकेका थिए ! सालैजो दोहोरी भने पछि हुरुक्कै हुने सागर अक्सर गाउँसमाजका कुनै मेला पर्वहरु छुटाउदैनथे ! कक्षा एक देखि ८ सम्म नजिकैको गंगानगर माबिमा पढेका सागर ९ र १० कक्षा भने अमर उच्च माबि बाट पास गरेका हुन सानैदेखि पढाईमा पनि उत्तिकै तेजिला सागर हाल सप्तगण्डकी बहुमुखी क्याम्पस चितवनमा कक्षा बाह्रमा अध्यनरत बिद्यार्थी हुन् ! सागरलाई सानोमा निमोनियाले सताउदा आमाले निक्कै सास्ति खेप्नु परेको थियो तराईको सितलहर सँग जुध्दै सागरलाई मुस्किलले निमोनिया बाट बचाएकी थिइन् उनकी आमाले ! सानैदेखि गरिवी दुख झेलेका सागर बनमा गएर घाँस दाउरा काट्ने देखि खेतीपातीमा पनि आमाबुबा लाई सघाउँथे !

आले सानै देखि संगितमा रुचि राखे पनि १४ बर्षको उमेर देखि गायन क्षेत्रमा लाग्नुभएको हो । एकदमै कुसल गायक स्वरका धनी सागर अहिलेसम्म चितवन आईडल टप ८, नेपाली तारामा टप २० को सेलेक्शन र बिग आइकनमा पहिलो रनर अप हुँदै पहिलो नेपाल आइडलका टप फोर हुन् ।सागर आले सबै खाले गीत गाउन सक्ने मेधावी व्यक्ति हुन । उनि क्लासिकल, पप, रक तथा लोक विधाको गीत सबै उत्तिकै गाउँछन् । गाउनुको अलावा मादल बजाउन र नाँच्नमा पनि उत्तिकै सिपालु आले पढाइमा पनि अब्बल नै छन् !

पहिलो पटक २०७० मा चितवन आइडलमा भिडेका सागरले टप ८ मै चित्त बुझाउनु परेको थियो त्यो भन्दा पनि ठुलो दुख त्यतिबेला लाग्यो जतिवेला उनीहरु सागर आले र उनका जेठो दाई साजन आले नेपालि तारा सिजन ३ को चितवन अडिसनमा फेल भए तर पनि हिम्मत हारेनन सागर र साजन चितवन पछि वुटवल पुगेर अडिसन दिए र दुई भाई नै पास भए अन्तत सागर नेपालि तारा टप २० सेकेक्शन बाट बाहिरिएका थिए ! अचम्मको कुरा सागरले अहिले सम्म म्युजिक सिकेका छैनन तर संगीतमा पोख्त कलाकार सँग पनि मज्जाले भिड्न सक्ने सामर्थ्य सागर सँग छ ! निम्न परिवारमा हुर्केका सागरको स्वभाव सानैदेखि चन्चले र सबै सँग भिज्न सक्ने छ उनि बच्चा युवा र बुढाबुढी सबैसँग मज्जैले भिज्न सक्छन ! सागर आलेको परिवारमा बुबा आमा र पाँच भाई छोराहरु मात्र छन् दिदि बहिनि छैनन भने माइला दाई बाहेक सबैजना घरमै छन् ! उनको परिवारमा सागर आले र उनको जेठो दाई साजन आले गाउनमा बराबर नै छन् तर अरु भाईहरु र आमाबुवामा त्यो कला थिएन ! उनलाई नेपाल आईडल नभएपनि आज देश तथा विदेशमा उनको व्यग्र माग छ । पटिहानीको माटोमा जन्मिएका सागर आफ्नो बल, बुद्दि र मेहेनतले संघर्ष गर्दै यहासम्म आइपुगेको भन्नेकुरा उनको बारेमा पढेपछि प्रष्टै छ ।

। माथिको सामग्री नयाँबाटो डटकमले सागरआले मगर र उनको पारिवारिक स्रोत बाट तयार पारेको हो ! मनपरे सेयर पनि गर्नुहोला धन्यवाद

Dudhkodudhpanikopani.com

खबर एक्सप्रेस