आज:  | Tue, 26, Mar, 2024

प्रियंका संग आयुषमान बोनस ।

२०७४, ६ माघ शनिबार १६:५१ मा प्रकाशित ( ६ साल अघि) ४९००७ पाठक संख्या

दुधको दुध पानीको पानी संबाददाता

६ माघ, काठमाण्डू

अहिलेकीचर्चित नायिका प्रियंका कार्कीलाई कुनै कार्यक्रममा उपस्थित गराउने बिचारमा हुनुहुंछ ? यदी हुनूहुंछ भने हजुरहरूलाई खुशीको खबर छ । आयोजकले प्रियंकाको पारिश्रमिक तिर्ने हो भने नायक आयुषमान जोशीलाई बोनस पाउन सकिनेछ ।

[

हालै सम्पन्न गुल्मीको रिडी मेलामा नायिका कार्की पारिश्रमिक लिएर उपस्थित हुदा नायक जोशी भने सित्तैमा उपस्थित भएका छन । आयोजक टिमले केही सामय अघि रिडी मेलामा उपस्थित हुन आग्रह गर्दा प्रियंकाले एक लाख रूपैया आफ्नो पारिश्रमिक बताईन । आयोजकले नब्बे हजार प्रस्ताव गर्यो र त्यतिकैमा मौखिक समझौता भयो । कही दिन पछि मेलामा आयुषमान पनि उपस्थित हुने चर्चा चल्यो । आयोजकले आयुषमानको लागि रकम नछुटाएको जानकारी दिए पछि आयुषमान सित्तैमा स्टेज उक्लन तयार भए र रिडी मेलामा सितैमा स्टेज चढे । आयोजकका अनुसार गुल्मीमा आयुषमानको भन्दा प्रियंकाको फ्यान धेरै पाईएको छ तर आयुषमान प्रियंका भन्दा निकै सरल छन । नायिका प्रियंका कार्की र आयुषमान एक लाख नगद बुझेर भैरहवाको उडान रद्द भएपछी आज साँझ भरतपुरक़ो उडानबाट काठमाण्डू फर्केका छन ।

खबर एक्सप्रेस