स्पेनिस फुटबल क्लव रियाल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो फ्री भएका छन् ।
क्लव छाड्नका लागि म्यानेजमेन्टसंग कुरा राखेका रोनाल्डोलाई आउँदो सिजनमा क्लव छोड्न सक्ने म्यानेजमेन्टले बताएको छ ।
पाँच पटकका बेलुन डे’ओर विजेता रोनाल्डो अहिलेका सबैभन्दा चर्चित खेलाडी हुन् । उनलाई अर्को स्पेनिस क्लव बार्सिलोनाका लिओनल मेस्सीले मात्र उछिन्न सक्छन् ।
तर ३२ वर्षे पोर्चुगिज रोनाल्डोको पछिल्लो फर्म राम्रो छैन । क्लवसंग बढेको केही चिसोपनले नै रियाल मड्रिड स्पेनिस लिगको चौथो स्थानमा झरेको छ ।
३२ वर्षे रोनाल्डो फेरि आफ्नो पुरानै क्लव इंगलिस क्लव म्यानचेस्टर युनाइटेड जान सक्ने बताइन्छ ।
म्यानचेस्टरका प्रशिक्षक होजे मौरिन्हो पनि केही उत्साही भएका खवर छन् । तर मौरिन्होले जाँगर नदेखे रोनाल्डो फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन जान सक्नेछन् ।
मोरिन्होले आर्सनलका खेलाडी एलेक्स सान्चेजलाई अनुबन्ध गरेकाले रोनाल्डो कता लाग्लान् चासो उत्तिकै छ ।