आज:  | Fri, 29, Mar, 2024

बार्सिलोना बाट राफिन्हाको सराइ लोनमा इन्टरमिलान जने पक्का

२०७४, ७ माघ आईतवार ०८:५१ मा प्रकाशित ( ६ साल अघि) ३६७९६ पाठक संख्या

एजेन्सी, माघ ७
स्पेनिस बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर राफिन्हा बार्सिलोनाबाट बसाइ सर्ने टुंगो लागेको छ । २४ वर्षीय उनि इटालियन क्लब इन्टर मिलानमा सर्ने टुंगो लागेको हो।
‘गोल’का अनुसार बार्सिलोना र इन्टरबीच दोहोरो सम्झौताको अन्तिम तयार भइसकेको छ । दुई क्लब ३५ मिलियन युरोमा लोनमा किनबेच हुने सहमति भएको हो ।


यसअघि इन्टरले राफिन्हाका लागि २० मिलियन युरोको प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव बार्सिलोनाले अस्वीकार गरेपछि इन्टरले पुनः रकम बढाएर ३५ मिलियनको प्रस्ताव बार्सिलोनालाई गरेको थियो ।
जसमा बार्सिलोना आफ्ना खेलाडी बेच्न राजी भएको हो । राफिन्हा ७ महिनापछि चोटमुक्त भएर हालसालै मात्रै मैदान फर्किएका छन् ।

खबर एक्सप्रेस