आज:  | Tue, 26, Sep, 2023

शरदले नखेल्ने भए धनगढी प्रिमियर लिग

२०७४, ७ माघ आईतवार १२:२२ मा प्रकाशित ( ५ साल अघि) ३३७८० पाठक संख्या

केहि महिना पछि पिता बन्न लागेका क्रिकेटर सरद भेषवाकरले धनगढीमा हुने धनगढी प्रिमियर लिगको दोस्रो सस्करण नखेल्ने सम्भावना बढेको छ ।

चैतको तेस्रो साता देखि आयोजना हुन लागेको धनगढी प्रिमियर लिगको गत बर्षको उपविजेता टिम विराटनगर वारियर्सका कप्तान शरद यसपटक भने सो प्रतियोगितामा मैदानमा उत्रनसक्ने सम्भावना न्युन बन्दै गएको छ । घरायसी कारणले शरदले यो प्रतियोगिताबाट नाम फिर्ता लिनसक्ने भएका छन । यदि प्रतियोगिता मार्च पछि सरेमा खेल्ने अन्यता खेल्ने सम्भावना कम भएको शरद आफैले बताएका छन । मार्च महिनाको आसपासमा शरदको घरमा नया सदस्यको आगमन पनि हुदैछ । उनकी श्रीमती नायिका निशा अधिकारी मल्ल हाल अमेरीकामा रहेकी छिन र शरदपनि उनको डेलिभरीका बेला अमेरीका जाने सोचमा रहेकाले डिपिएल नखेल्ने मनसाय बनाएका छन ।

घरेलु क्रिकेटका सफल कप्तान शरदको कप्तानीमा डिपिएलको उपविजेता बन्दा केहि साता अगाडी राजधानीमा भएको इपिएलमा पनि शरदको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्स उपविजेता बनेको थियो । फाइनलमा पारस खडकाको कप्तानीमा रहेको विराटनगर वारियर्ससंग पराजित भएको थियो ।

डिपिएलको दोस्रो सस्करणमा ६ वटा टिमको सहभागिता रहेको छ । जसको विजेताले २५ लाख रुपैया पाउनेछ ।

खबर एक्सप्रेस