आज:  | Fri, 22, Mar, 2024

अष्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसिय खेलमा इग्ल्याण्ड १५ रनले विजयी भएको छ ।

२०७४, ७ माघ आईतवार १२:२० मा प्रकाशित ( ६ साल अघि) ४७८४० पाठक संख्या

अष्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसिय खेलमा इग्ल्याण्ड १५ रनले विजयी भएको छ । जितसंगै इग्ल्याण्डले पाच खेलको श्रृखंला आफनो पक्षमा पारेको छ ।

सिडनीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय दुई रन बनायो । उसका लागि जोस बटलरले अविजीत एक सय रन बनाए भने क्रिस वक्सले ५३ रनको योगदान गरे । यस्तै कप्तान इयोन मोर्गनले ४१ रन थप्दा जोनी ब्रेस्टोले ३९ रन जोडे ।

जवाफमा घरेलु टिम अष्ट्रेलिया ५० ओभरमा ६ विकेट गुमाउदा दुई सय ८६ रनमा रोकियो । उसका लागि ओपनर आरोन फिन्चले ६२ तथा मार्कुस स्टोनिसले ५६ र मिचेल मार्सले ५५ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।

खबर एक्सप्रेस